महादेवस्थानका पुर्व गाविस उपाध्यक्ष हुमागाई मृत फेला

हत्या आशंकामा तिन जना पक्राउ
सिन्धुली २२, चैत्र । जिल्लाको महादेवस्थान –८ महेश्वताका ४५ वर्षीय चन्द्रप्रसाद हुमागाई मृत अबस्थामा भेटीएका छन् । शारिरिक रुपमा अपाङ्ग रहेका हुमागाईलाई उनकै घरभित्र गत शनिवार मृत अस्थामा भेटिएको हो । हुमागाईले आत्म हत्या गरेको उनका परिवारले जनाएका छन् । हुमागार्इ महादेवस्थान गाविसका पुर्व उपाध्यक्ष समेत हुन ।
तर, प्रहरीले भने हुमागाईको आत्महत्या नभई हत्या भएको हुन सक्ने आशंकामा हुमागाईकी श्रीमति र अन्य दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आफ्नो श्रीमान्ले आत्म हत्या गरेको जनाउँदै मृतक हुमागाईकी श्रीमती वर्ष २४ की अप्सरा हुमागाईले प्रहरीलाई खबर गरेपछि तत्काल इलाका प्रहरी कार्यालय कपिलाकोटाका प्रहरी अधिकारीहरु पुग्दा घट्नाबारे शंका लागेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक निर्मल पनेरुको नेतृत्वमा थप अनुसन्धानका लागि पुगेको टोलीले हुमागाईको हत्या भएको हुन सक्ने आशंका गरेको थियो । त्यस लगत्तै मृतककी श्रीमती अप्सरा र अन्य दुई जनालाई प्रहरीले नियनत्रण लिएको हो । पक्राउ परेका अन्य दुई जनाका विषयमा भने प्रहरीले केही खुलाएको छैन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता समेत रहेका प्रहरी नरिक्षक निर्मल पनेरुले भने, ‘गत शनिवार करिब विहान दश बजे हुमागाईले घरभित्र झुण्डीएर आत्म हत्या गरेको भन्ने परिवारको खबरका आधारमा घट्ना स्थल पुग्दा हुमागाई झुण्डीएको कोठा बन्द भएको र झुण्डीएको प्रकृति हेर्दा समेत आफै आत्महत्या गरेको हुन सक्नेमा आशंका थपीएको छ ।’
पक्राउ परेका अप्सरा र अन्य दुई जनालाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान थालिएको उनको भनाई छ ।
मृतक हुमागाईको शव भने जिल्ला अस्पता सिन्धुलीमा पोष्ट मार्टम गरी आफन्तलाई बुझाएको छ । पोष्ट मार्टमको रिपोर्टबारेमा पनि प्रहरीले केही कुरा खुलाएको छैन् ।
0 comments
Write Down Your Responses