Powered by Blogger.
सिन्धुलीको झागाँझोलीबाट पुर्ननिर्माण अभियान सुरु हुँदै

सिन्धुली, २२ चैत्र । पुननिर्माण प्राधिकरणले बुधबारबार देखी सिन्धुलीको झागाँझोली रातमाटा गाविसबाट पुननिर्माण अभियानको सुरुवात गर्ने जनाइएको छ । 
भुकम्पपीडितका लागि आवास निर्माण गर्न सरकारले दिने भनेको अनुदान बापतको पहिलो किस्ता ५० हजारका दरले बितरण गरेर अभियानको सुरुवात गर्न लागेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका शाखा अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए । 
प्राधिकरणले पहिलो चरणमा झा.रा. गाविसका १ हजार १ सय ७८ भुकम्प पीडितलाई पहिलो किस्ताको रकम बितरण गर्न लागेको हो । बैंकिङ्ग प्रणाली मार्फत भुक्तानीको ब्यवस्थाको भएकाले स्थायी आवास निर्माणका लागि अनुदान लिन भुकम्प पीडितलाई बैंक खाता अनिवार्य खोल्न पनि शाखा अधिकृत कार्कीले आग्रह गरेका छन । गाविस र पिडितबीच स्थायी आवास निर्माण सम्झौताको लागि नागरीकताको प्रमाणपत्र र जग्गाधनी पुर्जा अनिवार्य गरिएको छ ।
अभियान सुरु गर्नका लागी सिन्धुलीमाढी आइपुगेका प्राधिकरणका शाखा अधिकृत कार्कीले आजैबाट तयारीको काम सुरु गरिसकिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले पुर्ननिर्माण अभियान औपचारीक रुपमा बुधबारबाट सुरु हुने जनाए । 
सिन्धुलीमा २२ हजार पूर्ण र २५ हजार पाँच सय आंशिक गरी ४७ हजार पाँच सय घरहरु भुकम्पले क्षेती पुगेको सरकारी तथ्यांक छ । अघिल्लो क्षतिको विवरण संकलन गर्न खटिएका इन्जीनीयरहरुले संकलन गरेको तथ्याङकको आधारमा पूर्ण क्षतिमा परेका घरपरिवारलाई राहत स्वरुप १५ हजार र न्यानो कपडाका लागी १० हजार रुपैया सरकारले वितरण गरिसकेको छ । 


,

0 comments

Write Down Your Responses