Powered by Blogger.
४४ वर्षिय माझी मृत अवस्थामा फेला



सिन्धुली, २२ चैत्र । झागाँझाेली रातमाटा गाविस वडा नं.३ स्थायी घर भएका ४४ वर्षिय सुक्र बहादुर माझी साेमबार सुनकाेशी किनारमा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । 
माझीलार्इ साेहि गाविस वडा नं.३ स्थित सुनकाेशीकाे बगरमा स्थानीयहरूले मृत अवस्थामा फेला पारेपछि नजिककाे प्रहरी चाैकीलार्इ खबर गरेकाे जनाइएकाे छ । 
मृत अवस्थामा फेला परेका उनी विपी राजमार्ग स्थित शहीद गेट नजिकैकाे पहिराेबाट लडेर मृत्यू भएकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ । उनी झन्डै ५० मिटरमाथिबाट लडेर नदिकाे किनारमा पुगेकाे हुन सक्ने अनुमान स्थानीय तथा प्रहरीकाे रहेकाे छ । 
उनकाे लास पाेस्टमार्टमका लागी जिल्ला अस्पताल पठाउने तयारी भइरहेकाे र घटनाकाे बारेमा थप अनुसन्धान कार्य भइरहेकाे प्रहरी चाैकी रातमाटाका इन्चार्ज पदम पाेखरेलले जानकारी दिए । 


0 comments

Write Down Your Responses