Powered by Blogger.
सिन्धुलीकाे भुवनेश्वरीमा भिषण अागलागी

फाइल फाेटाे । 
सिन्धुली, २६ चैत्र । सिन्धुलीकाे भुवनेश्वरी गाविस वडा नं.९ थाग्रे भन्ने स्थानमा रहेकाे दलित बस्तीमा भिषण अागलागी भएकाे त्यहाँबाट हाम्रा संवाददाता गाैरव कार्कीले जानकारी  दिएका छन । केहि समय अघि देखी सुरू भएकाे अागलागीबाट अाधा दर्जन घर तथा गाेठहरू जलेर नष्ट भइसकेकाे जनाइएकाे छ । 
जंगलबाट फैलिएर अाएकाे डढेलाेका कारण अागलागी भएकाे र अागाे नियन्त्रणका लागी स्थानीयवासी तथा प्रहरी चाैकी ग्वाल्टारबाट प्रहरी टाेली खटिएकाे जनाइएकाे छ । 
हावाहुरी चलिरहेका कारण अागाे नियन्त्रणमा लिन सकिएकाे छैन । अागलागीबाट भएकाे क्षतिकाे विवरण भने अाउन बाँकी छ । अहिले सम्म मानविय क्षति भने नभएकाे संवाददाता कार्कीले जानकारी दिए । 


,

0 comments

Write Down Your Responses