एसएलसी परीक्षामा चोराउनै पर्ने बाध्यता किन ?
बुद्धकुमार आछामी
जब फलामे गेट मानिएको एसएलसी परीक्षा आउछ तब कसरी आफ्ना विद्यार्थी वा छोराछोरीलाई उत्कृष्ट डिभिजनमा पास गराउने भन्ने विषय हरेक विद्यालयका शिक्षक देखी परीक्षार्थीका अभिभावक सम्मलाई चिन्ताको विषय बन्ने कुरा नेपालको शिक्षा प्रणाली र सामाजिक अवस्थाले निम्त्याएको गहिरो सोचाई हो ।
परीक्षामा चोर्नुपर्ने र चोराउनै पर्ने परम्परा बर्तमान नेपालको शैक्षिक संरचनाकै दोष भनौं वा शिक्षक, विद्यार्थी र अभिभावकको । दोष जस्ले जस्लाई थोपरे पनि समस्या एउँटै हो परीक्षा प्रणाली कुनै न कुनै बाहानामा अमर्यादित बन्ने गरेको चर्चा वर्षेनी हुने गरेकै छ ।
केहि दिन अगाडि सिन्धुलीको कुनै परीक्षा केन्द्रमा भाइबर र म्यासेन्जर मार्फत विद्यार्थीलाई चिट चोराउने काम भएको कुरा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनीकमा प्रकाशित भयो र जिल्लामा निक्कै चर्चा पनि पायो । समाचार पढेपछि दुनियाले आकलन गरे हाइटेकको जमाना भएको कारण चिट चोराउने प्रविधी पनि हाइ टेक्नोजी तिर प्रवेश गरेछ । आज परीक्षालाई मर्यादित बनाउने भन्दा पनि नयाँ नयाँ प्रविधीको प्रयोग गरेर चिट चोराउने प्रवृत्ति बढ्दै गएको छ ।
व्यापारको विधी र प्रविधी परीवर्तन भयो होला तर सोचमा परीवर्तन आउन सकेको अवस्था छैन । जस्ले गर्दा चिट चोराउन भाइबर र म्यासेन्जर जस्ता हाइ टेक्नोलोजीको विकास गराएको छ । मेरो बुझाईमा भाइबर र म्यासेन्जर पत्रकारले उत्पादन गरेको बनावटी शव्द होइन यो त शैक्षिक व्यापार गर्ने प्रबृद्ध समुदायका निजी विद्यालयका सञ्चालकहरुले विकास गरेको शव्द हो । जस्लाई पत्रकारले पाठकहरुको बीचमा समाचार मात्र बनाएको हो ।
यस वर्ष देखी सरकारले सुरु गरेको अक्षराकं पद्धतिले सरकारी विद्यालयहरुलाई त आन्नद नै गराएको छ र अघिल्लो वर्ष सम्म सरकारी विद्यायलका विद्यार्थीहरुलाई पनि चोराएर पास गराउनका लागी शिक्षकहरु निक्कै मेहनत गरेर लागीपरेको हामीले देख्ने, सुन्ने र लेख्ने गरेका थियौं तर यसपाली त्यो खासै छैन किनकी ग्रेडिङ्ग पद्धतिमा परीक्षाफल प्रकाशित गर्ने हुँदा फेल हुने विद्यार्थी नै हुँदैनन् । आखिर सरकारी विद्यालयको स्वार्थ भनेको गाउँमै प्लस टु सञ्चालन गर्ने हो जबकी विद्यार्थीहरुको संख्या धेरै चाहियो जस्ले गर्दा सजिलै आर्थिक श्रोत पुगोस र शिक्षक कर्मचारीलाई तलबभक्ता खुवाउन पाइयो । स्वार्थ त्यति मात्र हो ।
तर निजी विद्यालयहरुको व्यापारीक स्वार्थ भने ग्रेडिङ पद्धतिले हटाएको छैन, सरकारी विद्यालयका शिक्षक, अभिभावकहरुको स्वार्थमा परीवर्तन आयो तर निजी विद्यालयहरुको स्वार्थमा परीवर्तन आएको छैन । सके सम्म आफ्ना विद्यार्थीहरु सवैभन्दा बढी उत्कृष्ट श्रेणीमा र अर्को निजी विद्यालयले भन्दा उत्कृष्ट नतिजा ल्याएर पास गरुन भन्ने होडबाजी कायमै छ । जस्का कारण शैक्षिक व्यापारलाई प्रबद्र्धन होस । यो सोचमा कुनै परीवर्तन आएको छैन । व्यापारको विधी र प्रविधी परीवर्तन भयो होला तर सोचमा परीवर्तन आउन सकेको अवस्था छैन । जस्ले गर्दा चिट चोराउन भाइबर र म्यासेन्जर जस्ता हाइ टेक्नोलोजीको विकास गराएको छ । मेरो बुझाईमा भाइबर र म्यासेन्जर पत्रकारले उत्पादन गरेको बनावटी शव्द होइन यो त शैक्षिक व्यापार गर्ने प्रबृद्ध समुदायका निजी विद्यालयका सञ्चालकहरुले विकास गरेको शव्द हो । जस्लाई पत्रकारले पाठकहरुको बीचमा समाचार मात्र बनाएको हो ।
हरेक वर्ष परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल प्रकाशित गरेपछि जिल्लामा शैक्षिक क्षेत्रमा सुधार, परीक्षा प्रणालीमा सुधार लगायत विभिनन् खाले बहसहरु पनि चल्छन तर विडम्बना अर्को एसएलसी परीक्षा आउदा पनि अवस्था भने जस्ताको तस्तै हुन्छ । परीक्षामा विद्यार्थीलाई जसरी हुन्छ चोर्नु पर्ने र शिक्षक तथा अभिभावकलाई चोराउनै पर्ने मनोदशा किन बारम्बार दोहोरिन्छ ? परीक्षामा चोर्नुपर्ने र चोराउनै पर्ने धङधङी यसवर्षको एसएलसी परीक्षामा पनि स्वभाविक रुपमा देखिएकै छ । चोराउने नियत सवैभन्दा बढी यसवर्ष निजी विद्यालयहरुमा नै देखियो । परीक्षा केन्द्र वरीपरी सरकारी विद्यालयका होइन नीजी विद्यालयका सञ्चालक र प्रिन्सपलहरुको भीडभाड विगतका वर्षहरुमा जस्तै कायमै छ ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षा सञ्चालन सम्बन्धी निर्देशीका जारी गरेको छ । जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा परीक्षाको अनुगमनका लागी अनुगमन समिति बनेको छ । जिल्लाको सम्पूर्ण सरकारी शक्ति एसएलसी परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागी परीचालन गरिएको छ । प्रहरीको सुरक्षा व्यवस्थालाई अझ कडा बनाइएको छ भने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक र श्रोत व्यक्तिहरु परीक्षाको अनुगमनका लागी प्रत्येक परीक्षा केन्द्रमा खटिएका छन तर पनि परीक्षामा चिट चोर्ने र चोराउने प्रवृत्ति र पात्र डराएको अवस्था छैन बरु नयाँ प्रविधिको प्रयोग तर्फ लागेको छ ।
अभिभावकलाई आफ्ना सन्तानले एउँटा शैक्षिक तह उत्र्तिण गर्ने र त्यसपछि रोजगारी पाउन सक्ने आश, शिक्षकलाई सामाजिक दबाव र विद्यार्थीहरुमा जसरी पनि पास गर्नुपर्छ भन्ने सोच भएका कारण पनि परीक्षामा चिट चोर्ने चोराउने प्रवृत्ति बढ्दै गएको छ भने निजी विद्यालयहरुको व्यवसायीक प्रतिसप्रर्धाका कारण पनि चिट चोराउनु पर्ने दवाव र बाध्यता सिर्जना भएको छ ।
email-achhamibuddha@gmail.com
mobile-9864017486
0 comments
Write Down Your Responses