Powered by Blogger.
अपडेटः अागलागीबाट ३० घर जल्याे, अागाे नियन्त्रण बाहिर

सिन्धुली, २६ चैत्र । भुवनेश्वरी गाविसमा लागेकाे अागाे नियन्त्रण गर्न स्थानीयबासीहरूलार्इ निक्कै गाराे परीरहेकाे छ । यतिवेला सम्म अागाेले वडा नं.९ का ११ घरधुरी र वडा नं.७ का झन्डै २५ घरधुरी जलेर नष्ट भइसकेकाे हाम्रा संवाददाता गाैरव कार्कीले जानकारी दिएका छन । हावाहुरी चलेकाे कारण अागाे नियन्त्रणमा अाउन सकेकाे छैन । भाैतिक क्षतिकाे र मानवीय क्षतिकाे बास्तविक विवरण भने अइसकेकाे छैन । 
चाडै अागाे नियन्त्रणमा लिन नसके वितिजाेर गाविस तर्फका घरहरू तिर जाने संभावना रहेकाे कार्किले बताए । अहिले अागाे नियन्त्रणका लागि ठुलाे संख्यामा स्थानियबासी तथा प्रहरीहरू खटिएका छन । इप्रका खुर्काेट तथा प्रहरी चाैकी ग्वाल्टारबाट प्रहरीहरू परीचालन गरीएकाे छ । 


,

0 comments

Write Down Your Responses