Powered by Blogger.
पजेराेकाे ठक्करबाट एककाे मृत्यू



सिन्धुली, २६ चैत्र । वीपी राजमार्ग स्थित कमलामाई नगरपालिका १० सिस्नेरीमा बर्दिबासबाट सिन्धुली तर्फ आउँदै गरेको बा ३ च २१२४ नं को पजेरो ठक्कर दिदा पर्सा मधुवन ४ बस्ने ४७ वर्षिय चित्रदेब अधिकारीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
ठक्कर पछि गम्भिर घाईते भएका अधिकारीलाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप  उपचारका लागी काठमाण्डौ तर्फ लैजादै गर्दा बाटैमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मले पनेरुले जानकारी दिए ।
ठक्कर दिने पजेरो र चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । 
हलेसी दर्शनका लागी हिडेका अधिकारी पिसाब गर्नका लागी  गाडीबाट झरेको बेला गाडीले ठक्कर दिएको स्थानीयहरुले बताएका छन । 
    


0 comments

Write Down Your Responses