Powered by Blogger.
राष्ट्रिय सहमतिको सरकार आवश्यकः पुर्व प्रम नेपाल


सिन्धुली, २८ वैशाख । पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान देशको समस्या समाधानका लागी राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन । 
फुलकुमार महतो मेमोरीयल ट्रसको सहयोगमा निर्माण हुन लागेको सिन्धुली स्थित पिपलभञ्ज्याङ्ग माविको भवन सिलान्यास समारोहमा भाग लिन मङ्गलबार सिन्धुलीमाढी आइपुगेका नेता नेपालले देशको बर्तमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउँदै भने, ‘अहिलेको आवश्यक्ता भनेको राष्ट्रिय सहमतिको सरकार हो, सवै पक्ष मिलेर देशलाई अग्रगति तर्फ लैजानु पर्छ ।’ प्रधानमन्त्री को हुने लफ्डा गर्नु भन्दा पनि देश बनाउने कुरामा सवै राजनैतिक शक्तिहरु एकैठाउँमा आउनु पर्ने पुर्व प्रधानमन्त्री नेपालको भनाई थियो । 
नेपालमा रहेको भ्रष्टाचार र ढिलासुस्तीलाई प्रमुख दुश्मनको रुपमा लिर्दै सबृद्धि तर्फ देशलाई लैजानु पर्ने बताउँदै उनले भने, ‘शुसासन र विकास अहिलेको मुख्य आवश्यक्ता हो, त्यसका लागी सवै एकजुट भएर लाग्नु पर्छ ।’ दुरगामी सोचका साथ अगाडि बढ्न नसक्दा देश पछाडि परेकाले दुरगामी सोचका साथ देशलाई विकासको गतिमा अगाडि बढाउन सवैपक्ष क्रियाशिल भएर लाग्नुपर्ने उनको भनाई थियो । 
भवन शिलान्यास समारोहमा ट्रस्टका उपाध्यक्ष बिरेन्द्र महतोले भुकम्पबाट पीडामा परेका अभिभावक र विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यका साथ आफुहरुले उक्त विद्यालय छनौट गरेको बताए । सवै पक्षको सहयोगबाट नै शिक्षा गुणस्तरीय हुने बताउँदै महतोले आफुहरुको सहयोग सामान्य मात्र भएको र विद्यालयलाई अगाडि बढाउन स्थानीयहरुको भुमीका महत्वपूर्ण हुने बताए । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्की, नेपाली काग्रेस सिन्धुलीका सभापति उज्जवल बराल, नेकपा(एमाले)सिन्धुलीका अध्यक्ष प्रदिप कट्वाल, एकीकृत नेकपा(माओवादी)सिन्धुलीका अध्यक्ष राजन दाहाल लगायतले सहयोग उपलब्ध गराउने ट्रस्टलाई धन्यवाद दिर्दै विद्यालयको प्रगतिको कामना गरेका थिए । 
भवन सिलान्यास समारोहमा फुलकुमारी महतो मेमोरीयल ट्रस्टका महासचिब तथा एमाले नेता रघुविर महासेठ, कोषाध्यक्ष जुली महतो, स्थानीय विकास अधिकारी इश्वर कुमार गीरी, जिल्ला शिक्षा अधिकारी बद्रि पाठक, नेपाली सेना चण्डीदलगणका गणपति सुर्य बहादुर अधिकारी लगायत विभिन्न् सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको पस्थिती रहेको थियो । ट्रस्टले विद्यालय भवन निर्माणको लागी १ करोड ६० लाख भन्दा बढी सहयोग गर्ने जनाइएको छ । एक वर्ष भित्र १२ कोठे पक्की विद्यालय भवन निर्माण कार्य सम्पनन् गर्ने जनाइएको छ । 
२०७२ वैशाख १२ र २९ को भुकम्पबाट क्षतिग्रस्त भएको विद्यालय भवन निर्माण हुने भएपछि स्थानीय अभिभावक तथा विद्यार्थीहरु खुसी देखिएका छन । हाल उक्त विद्यालयमा तीन सय भन्दा बढी दलित तथा जनजाती विद्यार्थीहरु अध्यन गरीरहेका छन । भुकम्पका कारण जिल्लाका तीन सयँ भन्दा बढी विद्यालयहरुको भवन क्षतिग्रस्त भएको थियो भने हजारौ विद्यार्थीहरु प्रभावित बनेका थिए । 


, ,

0 comments

Write Down Your Responses