Powered by Blogger.
द्धन्द्ध पिडितहरुले भने, ‘निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार देउ ।’



बुद्धकुमार आछामी 
सिन्धुली, २६ वैशाख । दश वर्षे शसस्त्र द्धन्द्धका पीडितहरुले सरकारले निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरिदिनुपर्ने माग गरेका छन । सनिबार स्थानीय शान्ति समिति सिन्धुलीले द्धन्द्धप्रभावित क्षेत्र सिन्धुलीको बासेश्वर स्थित बलेनीमा गरेको द्धन्द्धव्यवस्थापन शान्ति निर्माण तथा प्रबद्र्धनका लागी आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै पिडितहरुले उक्त कुरा माग गरेका हुन । 
कार्यक्रममा बोल्दै एक पिडितले भने, ‘द्धन्द्ध त सकियो तर द्धन्द्धले निम्त्याएको गहिरो घाउँ निको भएको छैन, घाउ निर्को पार्ने हो भने हामीलाई सरकारले निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरीदिनु पर्छ ।’ देशमा दश वर्ष सम्म चलेको द्धन्द्धको अन्त्य भएपछि पनि थुप्रै सरकार आएको भएपनि कुनै पनि सरकारले आफुहरुको घाउँमा मलमपट्टी लगाउन नसकेको उनीहरुको दुखेसो थियो । 
स्थानीय शान्ति समिति सिन्धुलीका संयोजक राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति समितिका पुर्व संयोजक उज्जवल बराल, प्रदाल पोखरेल, अशोक राजभण्डारी लगायतले दिगो शान्ति स्थापनाको लागी द्धन्द्धपीडितहरुलाई पहिलो प्राथामिकतामा राखेर सरकारले काम गर्नुपर्ने आवश्यकक्तामा जोड दिएका थिए । 
कार्यक्रममा बासेश्वर, भुवनेश्वरी, वितिजोर, भिमेश्वर, तिनकन्या, डुडभञ्ज्याङ्ग गाविसका स्थानीय शान्ति समितिका सदस्य तथा द्धन्द्धपीडितहरुको सहभागीता रहेको थियो । समितिले कार्यक्रमको अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपक्ता आयोगले उजुरी संकलन गरिरहेकोले जिल्लामा आएर उजुरी दर्ता गर्न समेत अनुरोध गरेको छ । 
हाल जिल्लाका ५० वटै गाविस र २ नगरपालिकामा स्थानीय शान्ति समिति गठन गरी द्धन्द्ध पीडितहरुको घाउँमा मलमपट्टी लगाउन विविध गतिविधीहरु गरिरहेको र बजेटको अभावका कारण उनीहरुलाई प्रभावकारी सहयोग गर्न नसकिएको स्थानीय शान्ति समिति सिन्धुलीका संयोजक राजकुमार कार्कीले बताए । 
शान्ति समितिले सत्य निरुपण र वेपक्ता आयोगको जिल्ला सचिवालयको रुपमा समेत काम गर्दै आएको छ । अहिले पीडितहरुको उजुरी संकलनको काम भइरहेको छ । हाल सम्म १३ वटा मेलमिलाप आयोग सम्बन्धी र २ वटा वेपक्ता आयोग सम्बन्धी  उजुरी दर्ता भएको स्थानीय शान्ति समिति सिन्धुलीकी सचिब गीता घिमिरेले जानकारी दिइन ।  




, ,

0 comments

Write Down Your Responses