Powered by Blogger.
आयोजना परिचयात्मक गोष्ठी सम्पनन्

प्रभावकारी काम गर्न सरोकारवालाहरुको आग्रह 

सिन्धुली, १९ वैशाख । जिल्लाका तीन गाविसमा सञ्चालन हुन लागेको बाख्रापालन व्यवसायको विकास र दिगो आर्यआर्जनको लागी उन्नत अभ्यासको प्याकेज प्रबद्र्धन आयोजनाको बारेमा परिचयात्मक गोष्ठी आज सिन्धुलीमाढीमा सम्पनन् भएको छ । 
गोष्ठीमा सहभागी सरोकारवालाहरुले प्रभावकारी रुपमा काम गर्न आयोजकलाई आग्रह गरेका छन । पछिल्लो समय गैर सरकारी संस्थाहरुको काम प्रभावकारी हुन नसकेको बताउँदै बास्तविक सरोकारवालाहरुको पक्षमा प्रभावकारी काम गर्न सञ्चालक संस्थालाई आग्रह गरेका हुन । 
कृषि मन्त्रालय अन्र्तगत राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको आर्थिक सहयोगमा नमुना बहु उदेश्यीय कृषि सहकारी संस्था लिमिटेड डाडिगुरासेले सञ्चालन गर्न लागेको उक्त अयोजनाको उदेश्य र क्रियाकलापहरुको बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले आयोजना पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न आग्रह गरे । 
सहकारीका अध्यक्ष खडानन्द तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका नेता जगत बहादुर भोलन, नेकपा(एमाले)का नेता कमलजंग राई, एकीकृत माओवादीका जिल्ला अध्यक्ष राजन दाहाल लगायतले मनतव्य राखेका थिए । उनीहरुले आयोजना कागजी हिसाबले सक्ने भन्दा पनि प्रभावकारी र उपलब्धीमुलक बनाउन आग्रह गरेका थिए । 
तीन वर्ष सम्म चल्ने आयोजनाको क्रममा जिल्लाका तीन गाविस महादेवस्थान, कपिलाकोट र डाडीगुरासे गाविसका किसानहरुलाई केन्द्रित गरी बाख्रापालन व्यवसायको विकास र दिगो आयआर्जनको लागी प्रेरीत गरीने कार्यक्रम संयोजक मदनराज भट्टले जानकारी दिए । आयोजनाको कुल लागत रकम २९ लाख ९५ हजार ३४८ रहेको जनाइएको छ । 


,

0 comments

Write Down Your Responses