Powered by Blogger.
अनुमति बिना माथिल्लो कक्षा सञ्चालन



सिन्धुली, ३० वैशाख । जिल्ला शिक्षा कार्यालय सिन्धुलीको अगुवाईमा विहिबार जिल्लाका निजी विद्यालयहरुको अनुगमन गरिएको छ । अनुगमन गरिएका पाँच वटै विद्यालयमा सम्बन्धीत निकायको अनुमति बिना माथिल्लो कक्षा सञ्चालन गरिएको पाइएको अनुगमनमा सहभागी जिल्ला शिक्षा कार्यालय सिन्धुलीका अधिकृत भोला प्रसाद बरालले बताए । 
कमलामाई नगरपालिका ६ मा यसै शैक्षिक सत्र देखी पुर्व प्राथामिक कक्षाको सुरुवात गरेको समता स्कुलले त सम्बन्धीत निकायसँग अनुमति समेत नलिएको पाइएको छ । त्यस्तै माढीबजारकै गाइड इङ्गलिस वोर्डिङ्ग स्कुलले शिक्षा कार्यालयबाट कक्षा १ सम्मको अनुमति प्राप्त गरेको भएपनि कक्षा ३ सम्म सञ्चालन गरेको पाइएको अनुगमन टोलीले बताएको छ । 
जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी, प्याबसन सिन्धुलीका प्रतिनिधी र पत्रकारहरु सहितको टोलीले गरेको अनुगमनको क्रममा कनपा–९ ढुग्रेबासमा सञ्चालित सिन्धुली पाठशालाले जिल्ला शिक्षा कार्यालयबाट कक्षा ३ सम्मको मात्र अनुमति प्राप्त गरेको भएपनि कक्षा सात सम्म पढाईरहेको पाइएको छ भने धुराफाटमा सञ्चालित न्यू स्टार एकेडेमी बोर्डिङ्ग स्कुलले कमलामाई नगरपालिका कार्यालयबाट पुर्व प्राथामिक तहको कक्षा सञ्चालनको अनुमति प्राप्त गरेको भएपनि २ कक्षा सञ्चालन गरेको पाइएको अनुगमनमा सहभागी शिक्षा कार्यालयका विनी दुर्गा अधिकारीले बताए । 
अनुगमनको क्रमम धुराबजारको समय पाठशालाले कक्षा ६ सम्मको अनुमति पाएको भएपनि कक्षा सात सञ्चालन गरिएको पाइएको जनाइएको छ । 
अनुगमनको क्रममा टोलीले शिक्षा ऐन, नियमावली र निर्देशीका अनुसार निजी विद्यालयले पुरा गर्नुपर्ने मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गर्न र अनुमति बिना सञ्चालन गरिएको कक्षा बन्द गर्न आग्रह गरेको जिल्ला शिक्षा कार्यालयका अधिकृत भोला प्रसाद बरालले बताए । कार्यालयको आग्रहलाई अटेर गरेमा कानुन अनुसार कार्वाही प्रक्रिया अगाडि बढाईने बरालको भनाई थियो । 


,

0 comments

Write Down Your Responses