Powered by Blogger.
भारतको नेपाल प्रति हेर्ने दृष्टिकोण दोशी चस्मा मात्रै ः नेपाल



राजन गाउँले
सिन्धुली ३०, बैशाख । नेपाल र भारत विचको सम्बन्ध चिस्सदै गएका बेला पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले भारतीय संसदमा नेपाल प्रति राखिएको चासोलाई ‘दोशी चस्मा’को संज्ञा दिएका छन् । 
प्रेश चौतारी नेपाल सिन्धुलीले बिहिबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले नेपालको राजनीति र विकासप्रति हेर्ने भारतको चस्मा दोशी भएको बताएका हुन् । 
नेता नेपालले नेपाल शान्तीको भुमी, बुद्धको भुमी  र पशुपतीको भुमी भएको भन्दै नेपालले चिनको साथ (कार्ड) लिएर भारतको र भारतको कार्ड लिएर चिन विरुद्ध कुनै पनि गतीविधि नगर्ने स्पष्ट पारे । ‘नेपालले भारतका लागि चिनको कार्ड प्रयोग गर्दैन, चिनका लागि पनि भारतको कार्ड प्रयोग गर्दैनौं । हामीसंग आफ्नै नेपाली कार्ड छ । भारतले नेपाल प्रती हेर्ने चस्मा मात्र दोही छ,’ उनले भने । उनले नेपालको आन्तरीक मामिलामा कुनै हस्तक्षप नगर्न पनि दुबै देशलाई आग्रह गरे । भारतले नेपालको राजनीतिमा देखाएको चासो अनावश्यक भएको भन्दै कुनै पनि देशको हस्तक्षप आफुहरुलाई सह्य नहुने उनको भनाई छ ।
उनले भने, ‘नेपाल न भारतको हस्तक्षप सहन्छ न चिनको । हामी नेपालको समस्या समाधान गर्न आफै तयार छौं यसकारण पनि भारतमा नेपालका विषयलाई लिएर हुने हस्तक्षप र हेर्ने दृष्टीकोणमा बारम्बार परिवर्तन हुनु उनिहरुले लगाएर नेपाल प्रति हेर्ने चस्माको दोश हो । यसलाई म दोशी चस्मा भन्छु ।’
भारतीय संसदमा बुधबार नेपालले चिनको साथ लिएर भारतलाई धम्काएको भारतीय संसदहरुले आरोप लगाएका थिए । देश संक्रमणकालमा गुज्रीरहेको चर्चा गर्दै संक्रमणमा सबैले चलखेल गर्ने भन्दै उनले दह्रो र स्थायी सरकारका लागि कांग्रेस र मधेश बादी दललाई समेत सरकारमा आउन आग्रह गरे । ‘हामी कमजोर भए सबैले त्यसको मौकाको फाइदा उठाउँछन्,’ उनले कांग्रेस मधेशबादी दललाई संकेत गर्दै भने, ‘विकास र राज्यको पुनर्निर्माणका लागि संयुक्त सहभागि हुने प्रतिबद्धा जनाउँनुहोस ।’
प्रधानमन्त्री को बन्ने भन्दा पनि योजना र नीतिका आधारमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नु पर्नेमा उनको जोड थियो । नेपालको छिट्टै कांग्रेस र मधेशबादी दलको समेत सहभागितामा सहमतिको सरकार बन्ने विश्वास छ । 
उनले सहमतिय सरकारको नेतृत्व कसले गर्ने भन्नेमा अहिलै टाउको दुखाउनु नपर्ने भन्दै सके बर्तमान सरकारकै नेतृत्वमा सहमतिको प्रयास गरीने संकेत गरे । सहमतिको सरकारका लागि सहमति बने आफु स्वयम नेतृत्व लिन तयार हुनुहुन्छ भन्ने प्रश्नमा नेपालले एमालेलेनै वर्तमान सरकारको समेत नेतृत्व गरेकाले फेरी त्यो आवसर आए आफु पछि नहट्ने बताए । देशमा अझै कम्तीमा २१ महिना संक्रमण रहने उनले अनुमान गरे ।
नेता नेपालले आगामी मंसीर महिनाभित्र स्थानीय निकायको निर्बाचन हुनेमा ठुक्क हुन समेत आग्रह गरे । ‘छिट्टै सहमतिको सरकारले आवश्यक निती तथा संरचना तयार गरेर आगामी मंसीर महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गराउने छ,’ उनले थपे । तर, राज्यको पुनःसंरचना गराएर मात्र स्थानीय निकायको निर्वचन गर्नु पर्ने उनको सुझाउ छ ।
लामो समयसम्म जनप्रतिनीधि विहिन भएको मुलुकमा भुकम्प र नाकाबन्दीे थप असर पु¥यएकाले पनि स्थानीय निकायमा जनप्रतिनीधिको चयन गर्न जरुरी रहेको उनले बताए । 
सरकारले हालैमात्र प्रस्तुत गरेको निती तथा कार्यक्रममा बहुमतले पास हुने नेता नेपालको ठोकुवा छ । सत्तरुढ दल तथा प्रमुख प्रतिपक्ष र मधेशबादी दलहरुले विरोध गरीरहकै बेला नेता नेपालले सरकारले ल्याएको कार्यक्रमको बचाउँ गर्दै संसदमा हुने निर्वाचनमा संसदीय अंक गणीतकै आधारमा बहूमतले पास हुने बताएका हुन् । सरकारको निती तथा कार्यक्रममा माथी शुक्रबार संसदमा मतदान हुँदै छ । 
उता गत सोमबारबाट हुने भनिएको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण अचानक रोकीएको विषयमा भने नेपालले कुटनीतिक कारण नभइ सरकारकै कमजोरी भएको बताए । नेपालले भने,  ‘यसमा भारत र कुटनीतिक कुनै कारण हैन । यसमा नेपाल सरकारकै दोश छ । सरकारकै कमजोरी कारण र राष्ट्रपतिको व्यस्तताका कारण पनि रोकीएको हुनु पर्छ ।’ तर, नेपालका लागी भारतीय राजदुत दिपकुमार उपाध्यायकै कुटनीतिक कमजोरीका कारण राष्ट्रपतिको भारत भ्रमण रद्ध गर्नु परेको भन्दै सरकारले राजदुत उपाध्यायलाई समेत फिर्ता बोलाई सकेको छ । वर्तमान सरकार टिकाउने गरी सत्तारुढ एकिकृत माओवादी र एमाले विचमा भएको नौ बुदेको भने नेता नेपालले खुलेरै बचाउ गरे ।



,

0 comments

Write Down Your Responses