Powered by Blogger.
सिन्धुलीकाे पर्यटन प्रबर्दन गर्न सुनकाेशी रयाफ्टीङ (फाेटाेफिचर)

बुद्धकुमार आछामी 
सिन्धुली, १ जेष्ठ । सिन्धुलीको आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले नेकपा(एमाले) सिन्धुली काठमाडौ सम्पर्क मञ्चले सुनकोशी रयाफ्टीङ गरेको छ । भिमेश्वरको खुर्कोट देखी बासेश्वरको बलिनी सम्म झण्डै २ घण्टा गरिएको रयाफ्टीङ्गको उदघाटन पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले गरेका हुन ।
'नमुना सिन्धुली, समृद्ध सिन्धुली अभियान' अन्तर्गत 'जाउँ है सुनकोशी राफ्टीङ कार्यक्रममा  तीन सय २० जनाकाे सहभागीता रहेकाे र ३२ वटा डुङ्गा प्रयोग गरिएको अायाेजकले बताएकाे छ । 
राफ्टीङमा एमाले वैकल्पीक पोलिटव्यूरो सदस्य शत्रुधन महतो, केन्द्रीय सदस्यहरू लक्ष्मण पौडेल, गोमा देवकोटा, वैकल्पिक केन्द्रीय सदस्य कमलजंग राई दनुवार, नेता देवशंकर पौडेल, पर्यटन विभागका महानिर्देशक शुदर्शन ढकाल, पर्यटन बोर्ड सदस्य घणेन्द्र श्रेष्ठ लगायतकाे सहभागिता रहेकाे थियाे भने स्थानिय नेता तथा पत्रकारहरूले पनि भाग लिएका थिए । 
बासेश्वरकाे बलेनीमा भएको समापन कार्यक्रममा सम्पर्क मञ्चले भुवनेश्वरीका अग्नी पिडित ४५ परीवारलार्इ नगद सहयोग समेत हस्तान्तरण गरेकाे छ । 

हेर्नुस सुनकोशी रयाफ्टीङको क्रममा विजयकिल्ला डटकमले खिचेका केहि तस्वीरहरु । 






















, ,

0 comments

Write Down Your Responses