Powered by Blogger.
ट्रकको ठक्करबाट एक वालिका घाइते

सिन्धुली, ३० वैशाख । वीपी राजमार्ग स्थित कनपा १० मा सिन्धुलीबाट बर्दिबास तर्फ जादै गरेको ना.६ ख.४०८८ नम्बरको ट्रकले कनपा १० बस्ने चन्द्रनारायण श्रेष्ठको ९ वर्षिय छोरी भिममाया श्रेष्ठलाई ठक्कर दिई घाईते बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
घाईतेको बर्दिबास स्थित जनसेवा अस्पतालमा उपचार भईरहेको र ठक्कर दिने सवारी र चालक ईलाका प्रहरी कार्यालय,भिमानले नियन्त्रणमा लिएर घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरले जानकारी दिए । 
    


0 comments

Write Down Your Responses