Powered by Blogger.
ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना बढ्यो (के गर्दा कति तिर्नु पर्छ हेर्नुहोस )



काठमाडाैं, १ जेठ ।  ट्राफिक नियम उल्लंघन गरेबापत अब न्यूनतम पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । ट्राफिक प्रहरीले आजदेखि नयाँ नियम लागू गरेपछि यसअघि ५० रुपैयाँ रहेको न्यूनतम जरिवाना पाँच सय रुपैयाँ पुगेको हो ।
यातायात व्यवस्था ऐन २०४९ को दफा १ सय ६४ मा रहेको जरिवाना व्यवस्थालाई संशोधन गरेपछि एक हजार रुपैयाँ रहेको अधिकतम जरिवाना पनि बढेर १ हजार ५ सय पुगेको छ ।
सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह–प्रवक्ता डिएसपी राजेन्द्र भट्टले बताए ।
नयाँ व्यवस्था आजदेखि उपत्यकासहित देशैभर लागू भएको उनले जानकारी दिए । उपत्यकामा मात्रै दैनिक २ हजार भन्दा बढी सवारी चालक ट्राफिक नियम मिचेर कारवाहीमा पर्ने गरेका छन् ।
ट्राफिक प्रहरीले जरिवाना बढाएपछि चालकले भने बिरोध जनाएका छन् । उपत्यकाको सडकको अवस्था, ट्राफिक लाइटको व्यवस्थाका कुरालाई वास्ता नगरी जरिवाना मात्रै बढाउनु सान्दर्भिक नहुने उनीहरुको भनाई छ ।

आजबाट लागू भएको ट्राफिक जरिवाना

५०० जरिवाना हुने कसुरहरु
१ तोकिएको भन्दा बढि मालसामान राखेमा
२ सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३ सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४ प्रयोजन बिपरीत सवारी चलाएको
५ हेल्मेट नलगाएको
६ सवारी आवागमनमा बाधा पुरयाएको
७ अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८ छतमा यात्रु बोकेको वा राखेको
१००० जरिवाना हुने कसुरहरु
१ सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२ सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३ दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
४ मादक पदार्थ सेवन गरी सवारी चलाएको
५ सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
१५०० सम्म जरिवाना हुने कसुरहरु
१ ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२ सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३ सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४ सडकमा गलत साईड तर्फबाट सवारी चलाएको
५ एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६ अवस्था ठिक नभएको सवारी चलाएको ।
७ निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८ राती बत्ती नबाली सवारी चलाएको ।
९ सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१० नम्बर प्लेट नराखी सवारी चलाएको ।
११ सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२ पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३ सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४ सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५ निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६ लापरवाहीका साथ सवारी चलाएको ।
१७ बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
१८ सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।


,

0 comments

Write Down Your Responses