Powered by Blogger.
रहस्यमय दासढुंगा दुर्घटनाको २३ वर्षपुरा

दुर्घटनाको बास्तविकता बाहिर ल्याउन सरकार सँग माग 

सिन्धुली, ३ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दुर्घटनामा परि निधन भएको आज २३ वर्ष पुरा भएको छ ।
वि.सं.२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घनामा परेको थियो । दुर्घटनामा जिप चालक अमर लामा जिवित रहनु र जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको भेटिनु र मदन भर्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिनुले घटनालाई रहस्यमय बनाएको थियो । घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेका छैनन् । 
भण्डारी र आश्रित चढेको गाडी दासढुङ्गामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै नेकपा एमालेले मदन आश्रित दिवस मनाउने गरेको छ । 
सिन्धुलीमाढीमा अायाेजित स्मृति दिवसकाे अवसरमा बाेल्दै नेता कमलजंग रार्इ । 
यसक्रममा नेकपा(एमाले) सिन्धुलीले आज पार्टी कार्यालयमा स्मृति दिवसको आयोजना गरेको थियो । जिल्ला अध्यक्ष प्रदिप कट्वालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वैकल्पीक केन्द्रिय सदस्य कमलजंग राईले ब्यवाहारीक रुपमा मदन भण्डारीको विचारलाई अनुसरण गर्न जरुरी रहेको बताए । त्यस्तै मदन भण्डारी जिवराज आश्रित फाउन्डेशनका जिल्ला संयोजक कौशल कोइरालाले भण्डारीको महानताको चर्चा गरेका थिए । 
स्मृति दिवस मनाउँदै एमाले सिन्धुलीले मदन भण्डारीको रहस्यमय घटनाको यर्थात सार्वजनिक गर्न सरकारसँग माग समेत गरेको छ । जननेता भण्डारीको दुर्घटना २३ वर्ष हुँदा समेत रहस्यमय रहनु र पार्टी तथा सरकारी निकायबाट बनेका छानबिन समितिले समेत रहस्य सार्वजनिक नगर्नु दुखद पक्ष रहेको एमाले सिन्धुलीले बताएको छ । कार्यक्रममा जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
काे हुन मदन भण्डारी ? 
मदनकुमार भण्डारी वि.सं. २००९ देखी २०५० सम्म नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता थिए । जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सक्रिय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (माले) र मनमोहन अधिकारी द्धारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्कसवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडी बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रुपमा स्थापित भएको थियो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै भण्डारीले नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेका थिए ।  
सुरुवाती जीवन 
मदनकुमार भण्डारीको जन्म २००९ साल अषाढ १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिला छोराको रुपमा जन्मेका भण्डारीको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरु भयो । वि.सं. २०१५ साल गाउँमै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो) बाट औपचारिक शिक्षा तर्प प्रवेश गर्न भण्डारी अप्ठेरा पाठहरु भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्न सक्ने विशेषता उनको थियो । 
वि.सं. २०२३मा गाउँमा उपलब्ध पढाई सके । २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाई अयो । उनी भारतको मथुरामा अध्ययन गर्न गए । दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुगेका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरे । 
राजनीतिक जीवन
२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गरयो । त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रित थिए भने भण्डारी केन्द्रि सदस्य थिए । २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए । अन्याय सहन नसक्ने उहाँको आफ्नै खालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम ज्ञानको आधार, साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले उनलाई बनारसमा सङ्गठित रुपमा क्रियाशील राजनीतिककर्मीहरुसँग नजीकिने वातावरण बनायो । २०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो । त्यसको निर्माणमा सक्रिय रहेका नेताहरु पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको ‘कोअर्डीनेशन केन्द्र’मा आवद्ध भए । २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बने । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले र माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महासचिव बने । २०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए ।
व्यक्तिगत जीवन
भण्डारीको विवाह २०३९ सालमा विद्या पाण्डेसँग भयो । उनीहरुबाट उषाकिरण र निशाकुसुम नामका दुइटी छोरीहरु जन्मिए । उनको श्रीमती विद्यादेवी भण्डारी हाल नेपालकै सर्वोच्च पद राष्ट्रपतिको जिम्मेवारीमा छिन । 


, ,

0 comments

Write Down Your Responses