Powered by Blogger.
खोलागाउँ बन्यो ३४ औं खुल्ला दिशामुक्त गाविस

बुद्धकुमार आछामी 
सिन्धुली, ५ जेठ । सन २०१६ सम्म सबै मिलीजुली, खुल्ला दिशामुक्त जिल्ला बनाऔं सिन्धुली भन्ने मुल नाराका साथ सञ्चालित अभियान अन्र्तगत मङ्गलबार खोलागाउँ गाबिसलाई खुल्ला दिशामुक्त गाविसको रुपमा घोषणा गरिएको छ । यो सँगै खुल्ला दिशामुक्त गाविसको संख्या ३४ पुगेको छ । 
खानेपानी तथा सरसफाई स्वच्छता समन्यव समिति खोलागाउँको अगुवाई र वल्र्ड भिजन नेपाल, एन्फो, युनिसेफ र ग्रामीण महिला चेतनाकेन्द्रको सहयोगमा गाविसलाई खुल्ला दिशामुक्त क्षेत्रको रुपमा घोषणा गरिएको हो । गाविसका ५३२ घरधुरीमा चर्पिको निर्माण भएपछि खुल्ला दिशामुक्त घोषणा गरिएको हो । 
गाविस सचिब झिल्ली खड्काको अध्यक्षतामा भएको घोषणा सभामा प्रमुख अतिथीको रुपमा क्षेत्र नं.१ का सांसद गणेश कुमार पहाडी र विशेष अतिथीको रुपमा स्थानीय विकास अधिकारी इश्वर कुमार गीरीको उपस्थिती रहेको थियो । 
कार्यक्रममा नेपाली काग्रेसका माणिक ढकाल, नेकपा(एमाले)का अध्यक्ष प्रदिप कट्वाल, एकीकृत माओवादीका अध्यक्ष राजन दाहाल, राप्रपाका जिल्ला नेता अशोक राजभण्डारी, वैद्य माओवादीका नेता लोकेन्द्र कार्की, ग्रामीण महिला चेतनाकेन्द्रका अध्यक्ष खड्ग बसु, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख मोहन शाक्य लगायतले शुभकामना ब्यक्त गरेका थिए । 
घोषणा सभाको अवसरका खुल्ला दिशामुक्त अभियानमा सहयोग पुरयाउने विभिन्न् संघ संस्था तथा ब्यक्तिहरुलाई प्रसंशा तथा सम्मान प्रदान समेत गरिएको थियो । 

दलहरु बीच सहमति सहकार्य र एकता जरुरीः पहाडी 

घोषणासभामा प्रमुख अतिथीको रुपमा सहभागी बनेका सांसद गणेश कुमार पहाडीले दलहरु बीच सहमति सहकार्य र एकताको आवश्यक्ता रहेकोमा जोड दिएका छन । देश सक्रमणकालिन अवस्थामा रहेकाले सवै दलहरुको सहकार्यमा देशलाई स्थायीत्व दिनुपर्ने उनको भनाई थियो । 
पहाडीले सरकारले ल्याएको नितीमा स्थानीय निकायलाई दिने अनुदानमा बृद्धि गर्ने कुरा समावेश गरिएकोले गाविसका आउने अनुदानमा बृद्धि हुने त्यसले गाउँको विकासमा थप टेवा पुग्ने बताए । फिक्कलको काखमा पुगेका पहाडीले फिक्कललाई पर्यटकीय क्षेत्रको विकास गर्न सवै पक्ष लाग्नुपर्नेमा जोड दिए । 
त्यस्तै भुकम्प पीडितहरुको सन्दर्भमा बोल्दै पहाडीले छुटेका घरहरुको पुनमुल्याङकन गरी अनुदान प्रदान गर्न सरकार तयार रहेको बताउँदै पुर्ननिर्माण अभियानमा अवरोध नगर्न आग्रह गरे । उजुरी संकलन र अनुदान सम्झौता दुवै कार्य एकैपटक अगाडि बढ्ने उनको भनाई थियो । 

चर्पि बन्यो तर घर छैन 

खुल्ला दिशामुक्त गाविस घोषणासभामा जम्मा भएका खोलागाउँबासीहरु सांसद, नेता र कार्यालय प्रमुखहरुको उपस्थिती देखेपछि आफ्ना समस्या र गुनासा सुनाउँन पाउँदा खुसी थिए तर भुकम्प गएको १ वर्ष सम्म आफ्नो घर बनाउन नपाउँदा र भुकम्पले क्षतविक्षत पारेको घरमै असुरक्षित भएर बस्नुपर्दाको पिडा भने पोखीरहेका थिए । जम्मा ५३२ घरधुरी रहेको उक्त गाविसमा २९९ परीवारले भुकम्प पिडितको परीचयपत्र पाएका छन । उनीहरु मध्ये कसैको घर बनेको छैन । पछिल्लो तथ्याङक अनुसार २६१ परीवारले पुर्ननिर्माण अनुदान पाउने भएका छन तर कहिले र कसरी पाइने हो अझ सम्म पत्तो छैन उनीहरुलाई । ती परीवारलाई बास बस्ने घरकै समस्या छ तर चर्पि बन्यो र खुल्ला दिशामुक्त गाविस घोषणा भयो । 




, ,

0 comments

Write Down Your Responses