Powered by Blogger.
छुट्टा छुटै दुर्घटनामा दुर्इकाे मृत्यू



सिन्धुली, ५ जेठ । सिन्धुलीमा आज भएकाे दुई छुट्टा छुटै दुर्घटनामा २ जनाको ज्यान गएको छ । सिन्धुलीको भद्रकाली ४ मा हाते ट्याक्टर र कनपा १० मा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
सिन्धुलीको भद्रकाली गाउँ विकास समिति ४ कुसुमटारमा हाते ट्याक्टरबाट खेत जोत्ने क्रममा हाते ट्याक्टर चालक कमलामाई नगरपालीका ४ ऐश्यलुजंगार निवासी २३ बर्षका कृष्णकुमार सार्कीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक गोविन्द झाले जानकारी दिए । कुसुम्टारमा हाते ट्याक्टरले पदमबहादुर कामीको खेत जोत्ने क्रममा ट्यक्टर एक्कासी माथी उठेको र ट्याक्टरलाई तल झार्न गोडाले थिच्न खोज्दा ट्याक्टर भित्र पस्न गई चालक सार्कीको घटनास्थल मै ज्यान गएको पत्यक्षदर्शीले बताएको प्रहरीको भनाई छ । 
यस्तै सिन्धुलीको भिमानबाट सिन्धुलीमाढी तर्फ आउदै गरेको ट्याक्टर कमलामाई नगरपालीका १० माइस्थानमा दुर्घटना हुँदा रानीचुरी १ निवासी १८ बर्षका विजय पाख्रिनको ज्यान गएको छ । सिन्धुलीमाढी तर्फ टुङगा लिएर आउदै गरेको ना ४ त ९१३८ नम्बरको ट्याक्टर उकालोमा ब्रेक फेल हुदा सडकबाट २५ फिट तल खसेको प्रहरीले जनाएको छ । ओभर लोडका कारण ट्याक्टरले उकालोमा तान्न नसक्दा ट्याक्टर दुर्घटना भएको र सोही ट्याक्टरमा काम गर्ने पाख्रिनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटना पछि ट्याक्टर चालक फरार भएकाले खोजि कार्य भै रहेको र दुवै घटनाको थप अनुसन्धान भै रहेको सिन्धुली प्रहरीले बताएको छ ।


0 comments

Write Down Your Responses