Powered by Blogger.
दश वर्षमा खुल्यो गोदार नवलपुर सडक ट्रयाक

सडकलाई दिगो बनाउन स्थानीयको माग

बाहुनतिल्पुगं पाेखरी सडक खण्ड । 
बुद्धकुमार आछामी 
सिन्धुली, ६ जेठ । पुर्व पश्चिम महेन्द्र राजमार्ग स्थित धनुषाको गोदारबाट सिन्धुलीको मध्यपहाडी लोकमार्ग पोखरीको नवलपुर जोड्ने ७२ किलोमिटर कच्ची सडकको निर्माण कार्य सम्पनन् भएको छ । सडक डिभिजन कार्यालय, जिल्ला विकास समिती र गाउँ विकास समितिको करौडौं लगानीमा दश बर्ष पछि उक्त कच्ची सडक निर्माण कार्य सम्पनन् गरिएको हो । 
सिन्धुलीको निर्वाचन क्षेत्र नं.१ का हर्षाही, सिर्थौली, लाम्पान्टार, बाहुनतिल्पुङ्ग र पोखरी गाविस भएर सुनकोशीको किनारामा पुग्ने उक्त सडको ट्रयाक खोल्ने कार्य सम्पनन् भएपछि त्यसक्षेत्रका स्थानीयहरुको जनजीवनमा परीवर्तन आएको छ । सडकले स्थानीयहरुलाई दुवै राजमार्ग सम्मको पहुँचमा बृद्धि गराएको छ । विभिन्न् खण्डमा विभाजन गरी निर्माण कार्य सुरु गरिएको उक्त सडकको बाहुनतिल्पुङ्ग– पोखरी खण्डको ८ किलोमिटर ट्रयाक यसै आर्थिक वर्षमा खुलेको हो । 
कच्ची सडकको निर्माणसँगै त्यसक्षेत्रमा साना सवारी साधनहरु चल्न समेत सुरु गरेका छन । कच्ची सडक भएकाले बर्षायाममा भने उक्त सडकमा सवारी साधन चल्न सक्ने अवस्था छैन । निर्माणाधीन अवस्थामा रहेका विभिन्न् खण्डमा निक्कै जोखीमपूर्ण रुपमा हिउँद याममा मात्र साना सवारीहरु चल्ने गरेका छन । 
राज्यको निरन्तर लगानीमा दश बर्ष पछि बल्ल कच्ची सडक खुले पछि स्थानीयहरुमा खुसी त छाएको छ तर त्यो खुसीलाई स्थायीत्व दिनका लागी सडकलाई पक्की र दिगो बनाउन आवश्यक रहेको स्थानीय राजनैतिक पार्टीका नेताहरु बताउछन । नेकपा(एमाले)का त्यसक्षेत्रका स्थानीय नेता संकर भण्डारीले कच्ची सडक खुलेको भएपनि त्यसलाई दिगो रुपमा विकास गर्न सवैपक्ष जिम्मेवार बनेर लाग्नुपर्ने र जनतामा छाएको खुसीलाई स्थायीत्व दिनुपर्ने बताउछन । उक्त सडकले त्यस क्षेत्रको राजनैतिक, आर्थिक तथा सामाजिक, सास्कृतिक विकासमा महत्वपूर्ण भुमीका निर्वाह गर्ने भण्डारीको भनाई छ । 
बाहुनतिल्पुङ्ग गाविसका स्थानीय नेता बावुराम नेपाली भन्छन, ‘सडक त खुल्यो सवैमा खुसी छाएको छ तर यो खुसी एउँटै वर्षायामले नलैजाओस ।’ सडकलाई स्याथी सडकको रुपमा विकास गर्न सकेमा मात्र विकास हुन सक्ने नेपाली बताउछन । दिगो सोच र योजना बिना सडक बिस्तार गर्दा जिल्लाका ग्रामीण क्षेत्रका सडकहरु मौसमी सडकको रुपमा मात्र सिमित हुने गरेको अवस्था छ । त्यसैको परीणाम बर्षेनी लाखौं खर्च भएपनि दिगो सडक निर्माण हुन सकेको अवस्था देखिदैन । 
गोदार–नवलपुर उत्तर दक्षिण कच्ची सडक ट्रयाक खुलेपछि त्यसक्षेत्रका बजारहरुमा समेत चहलपहल बढ्नुका साथै दैनीक उपभोग्य सामानहरु ओसारपसारमा समेत सहजता ल्याएको छ । सिर्थौलीको डकाहा, लाम्पान्टारको चकमके र बाहुतिल्पुङ्गको तिल्पुङ्ग चौकीबजारमा सडक ट्रयाक खुलेपछि सामान ओसार पसारमा सहजता मिलेको स्थानीय व्यापारीहरु बताउछन । भरीया लगाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको भएपनि कच्ची सडक भएकाले असुरक्षित रुपमा ढुवानी गर्नुपरेकोले चाडै स्थायी सडकको रुपमा विकास गर्नुपर्ने उनीहरुको माग रहेको छ । सडकले भित्री मधेश कमलाखोज क्षेत्रका गाविसहरुलाई गढतिरका गाविसहरुसँग सहज रुपमा जोड्ने छ । सडकले किसान तथा ब्यापारीहरुलाई ठुलो सहयोग पुरयाउने विश्वास गरिएको छ । 
करोडौं खर्च गरेर १० वर्ष लगाएर खोलीएको उक्त सडकको ट्रयाकलाई स्थायी सडकको रुपमा विकास गर्न र त्यसक्षेत्रको जनतामा छाएको उत्साहलाई र खुसीलाई निरन्तरता दिन सवै जिम्मेवार पक्षहरु एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता देखिन्छ । त्यसको लागी आवश्यक बजेटको ब्यवस्था, खर्च हुने रकमको पारदर्शिता र स्थानीयह जनताहरुको सहभागीताको पक्ष महत्वपूर्ण देखिन्छ । 


, ,

0 comments

Write Down Your Responses