Powered by Blogger.
पुर्व राजा ज्ञानेन्द्र सिन्धुलीमा

सिन्धुली, ७ जेठ । पुर्व राजा ज्ञानेन्द्र शुक्रबार सिन्धुलीमाढी अाइपुगेका छन । काठमाडाैबाट मधेश हिडेका पुर्व राजा वीपी राजमार्ग हुँदै दिउसाे सिन्धुलीमाढी अाएका हुन । उनी सिन्धुलीमाढी अाइपुग्दा राप्रपा नेपालका कार्यकर्ताहरूले माढीबजारकाे ढुग्रेबास चाेकमा जम्मा भएर स्वागत गर्दै नाराबाजी समेत गरेका  थिए । 
कडा सुरक्षा ब्यवस्था सहित सवार राजाले अाफ्ना सर्मथकहरूसँग गाडिबाट नझरीकन भेटघाट गरेका थिए । विपी राजमार्ग हुँदै पुर्व राजा तराइ जाने जानकारी अाएपछि जिल्ला प्रहरी कार्यालयले बिहानैबाट राजमार्गकाे सुरक्षा ब्यवस्थालार्इ कडा बनाएकाे थियाे ।  पुर्वराजा ज्ञानेन्द्र पहिलाे पटक विपी राजमार्गकाे प्रयाेग गरी यात्रा गरेका हुन ।


,

0 comments

Write Down Your Responses