तिमल्सिनाको ११११ गजलहरूकाे संग्रह बजारमा
सिन्धुली, ८ जेठ । सिन्धुलीका उत्साही र लगनशिल युवा गजलकार खडानन्द तिमल्सिनाको एक हजार १ सय ११ गजलहरु समेटिएको गजल संग्रह शनिबारबाट बजारमा आएको छ । गजल संग्रहको शिक्षा मन्त्री गीरीराजमणी पोखरेलले एक समारोह वीच बिमोचन गरेका हुन ।
तिमल्सिनाका गजलहरुमा रुढीबादी सामाजिक परम्परा भित्र रहेका विकृति विसंगतिहरुको चिराफारा गर्दै सभ्य समाज निर्माणको अभियानमा एउँटा मानवको भुमीका, मायाँ, प्रेम, मिलन, विछोड, देशभक्त र राष्ट्रप्रेम जस्ता विषयहरु समेटिएका छन । उनका गजलमा प्रेम छ र बिछोड पनि छ । समाजका समस्या छन र समाधान पनि छन । त्यतिमात्र होइन उनका गजलमा संभावना पनि समेटिएका छन ।
उनी गजल मार्फत राष्ट्रियता बारे लेखेका छन
राष्ट्र अनि राष्ट्रियता बलियो हुनुपर्छ
राज्यसक्ता विपत्तिमा खरो हुनुपर्छ
विस्तारवादका दलालहरु नत्र सल्बलाउँछन
सचेत भई राजनेता झरो हुनुपर्छ ।
0 comments
Write Down Your Responses