Powered by Blogger.
प्रचण्डको पार्टीमा केन्द्रिय सदस्यमा भर्ति खुलेको छः गजुरेल



सिन्धुली, १० जेठ । नेकपा(क्रान्तिकारी) माओवादीका बरिष्ठ नेता सीपी गजुरेलले प्रचण्डको पार्टीमा केन्द्रिय सदस्यमा भर्ति खुलेको बताएका छन । सोमबार सिन्धुलीमाढीमा पत्रकारहरुसँग कुराकानी गर्दै गजुरेलले उक्त कुरा बताएका हुन । 
पार्टी विभाजन पछि पहिलो पटक आफ्नो गृह जिल्ला आईपुगेका नेता गजुरेलले भने, ‘अहिले प्रचण्ड नेतृत्वको नेकपा(माओवादी) केन्द्रमा केन्द्रिय सदस्यमा भर्ति खुलेको छ, अवसरवादीहरुको भर्ना हुने अभियान पनि जारी छ ।’ उनले माओवादी धाराहरुको एकतालाई अवसरवादी एकता र कुम्भ मेलाको संज्ञा समेत दिए । ‘क्रान्तिकारी विचार र सिद्धान्त बिनाको अवसरवादी एकता भएको कारण प्रचण्ड नेतृत्वको नेकपा(माओवादी) केन्द्रमा पदको लडाई सुरु भइसकेको छ ।’ गजुरेलको भनाई थियो । 
नेकपा(क्रान्तिकारी) माओवादी भित्रको अन्तरसंघर्षमा प्रचण्ड प्रवेश गरेका कारण पार्टी विभाजन हुन पुगेको बताउँदै गजुरेलले रामबहादुर थापा(बादल) आफैले अवैद्य बैठक बोलाएर आफै अध्यक्ष घोषणा गर्ने हास्यास्पद काम गरेको बताए । प्रचण्डको हावाले आफ्ना पार्टी भित्रका पत्तिगरहरु उडाएर लगेको र क्रान्तिकारीहरको बलियो पार्टीको रुपमा आफ्नो पार्टी रहेको उनको भनाई थियो । 
प्रचण्ड नेतृत्वमा भएको दश कम्युनिष्ट पार्टीहरुको एकतालाई कम्युनिष्ट एकता नभएको बताउँदै गजुरेलले भने, ‘प्रचण्डको नेतृत्वको नेकपा(माओवादी) केन्द्र चुनाबलाई केन्द्रमा राखेर निर्माण गरिएको मोर्चा मात्र हो ।’ एकताको नाममा कम्युनिष्ट पार्टी सक्ने काम भएको र एकता कम्युनिष्ट र गैर कम्युनिष्टहरु बीचको मिश्रण जस्तो देखिएको नेता गजुरेलको भनाई थियो । 
गजुरेलले सरकारको बारेमा बोल्दै दिल्लीका सवै एजेण्डा लागु नगर्दा ओली सरकार बिरुद्ध दिल्लीले प्रचण्डलाई प्रयोग गर्न खोजेको भएपनि असफल भएको बताए । ओलीले त्यतिकै सरकार छाड्ने संभावना नरहेको बताउँदै संसद विघटनको हतियार प्रयोग गर्न सक्ने संभावना रहेको उनको भनाई थियो । 



, ,

0 comments

Write Down Your Responses