Powered by Blogger.
शिक्षा नीती शैक्षिक सरोकारवालाहरुले बनाउनु पर्छ ः मन्त्री पोखरेल

सिन्धुली, ८ जेठ । जिल्ला शिक्षा कार्यालय सिन्धुलीको आयोजनामा भएको शैक्षिक अन्तरक्रियामा भाग लिन शनिबार सिन्धुलीमाढी आइपुगेका शिक्षा मन्त्री गीरीराजमणी पोखरेलले शिक्षा निती शिक्षा क्षेत्रमा सरोकार राख्नेहरुले बनाउनु पर्ने बताएका छन । 
मन्त्री पोखरेलले नेपालको शैक्षिक नीति निर्माणमा सरोकारवालाहरुको समेत उपस्थितीमा सहभागीतामुलक ढंगले निर्माण गर्न मन्त्रालयले देशका ७५ वटै जिल्लामा जनउपयोगी शिक्षा सम्मेलन गर्ने तयारी गरीरहेको समेत बताए । नेपालको शैक्षिक गुणस्तर खच्कदै गएकोले निती निर्माणमा सरोकारवालाहरुको समेत सहभागीता बढाएर शैक्षिक परीवर्तन ल्याउन शिक्षा सम्मेलन गर्न लागीएको उनको भनाई थियो ।
जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जिल्लाको शैक्षिक स्तर उकास्न आयोजना गरेको शैक्षिक अनतरक्रिया तथा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्रि पोखरेलले देशलाई सम्बृद्धि तर्फ लैजाने शिक्षा आवश्यक भएकोमा जोड दिए । पोखरेलले नेपालमा उत्पादन भएका जनशक्तिहरु वेरोजगार भएर विदेश पलायन भएकाले उत्पादन तथा उद्यमी मुलक शिक्षा आवश्यक रहेकोमा जोड दिए । 
नेपालका ७५ वटै जिल्लामा कृषि क्याम्पस बनाईने बताउदै, कृषि शिक्षाले नेपालको विकासको गतीलाई  अगाडि पु¥याउने उनको भनाई थियो । अन्य देशहरुमा उत्पादनमुलक र आवश्यक जनशक्ति तयार गर्न समय–समयमा पाठ्क्रम परिवर्तन हुने गरेको भएता पनि नेपालमा पुरानै तौर तरिकाबाट पठन पाठन भएकोले अव प्रविधि मुलक शिक्षामा लगानी गर्नु पर्ने मन्त्रि पोखरेलको भनाई थियो ।
मन्त्रि पोखरेलले भने “सम्बृद्ध राष्ट्र बनाउने ठुलो जिम्मेवारी शिक्षकको काधमा भएकाले धर्मको भन्दा पनि कर्मको शिक्षक भएर गाउँ–गाउँका कलिला वालवालीकाको भविष्य कोर्ने जिम्मेवारी पुरा गर्नुहोस, मैले नेपालको  शैक्षिक धरातललाई गुणस्तरीय र उपलब्धी मुलक बनाउन सवै शिक्षक सँग भरोसा राखेको छु ।” शिक्षक सरकारी विद्यालयमा पढाउने र छोरा–छोरी निजि विद्यालयमा पढाउने प्रथा मौलाउदै गएकाले यसलाई रोक्न आवश्यक कामहरु पनि गरेको जनाउदै मन्त्रि पोखरेलले भने “नेपाललाई सन् २०३० सम्ममा दिगो विकास भएको देशको रुपमा चिनाउदै सान् २०२२ सम्ममा विकसित राष्ट्रहरुको अनुपातमा नेपाललाई पु¥याउने लक्ष्यका साथ लागिपरेको छु । शिक्षकले राजनैतिक दलको सदस्यता लिदैमा, दललाई लेवि तिर्दैमा शैक्षिक गुणस्तर नखच्कने र यदी शिक्षकले आफनो कर्म भन्दा धर्म मात्र पुरा गरेमा नेपालको शिक्षा अहिलेको भन्दा पनि खच्कने बताए ।”
भुकम्प र नाकाबन्दीको मारमा पनि अहिले भ्रष्ट्राचार तर्फ केही मानीसहरु लोभिएकाले जनताले राहतको महसुस गर्न नसकेको मन्त्रि पोखरेलले बताए ।
शैक्षिक समस्याको चर्चा गर्दै अहिले सम्म शिक्षा क्षेत्रमा ७ वटा समस्या धेरै जटिल रहेकाले त्यसलाई नितीगत रुपमै सुधारको आवश्यक्ता रहेको बताए । अहिले नेपालको शैक्षिक अवस्थामा विज्ञानको पहुँचमा कमी भएको, गुणात्मक शिक्षाको अभाव, अनुशन्धानमूलक शिक्षा नभई प्रमाण–पत्रमुखी शिक्षा भएको, प्रविधिमुलक शिक्षाको विकास हुन नसकेको, समकक्षताको कमी, गाउँ र शहरको ठुलो खाडल र सार्वजनिक र निजि विद्यालय बीचको दुरी समस्याको रुपमा रहेको बताए । 
१५ हजार अस्थायी शिक्षकको सवालमा समस्या समाधान गर्न लागि परेको र सवैले उचित सहयोग गरेमा अस्थायी शिक्षकहरुको समस्या समाधान गरिने बताउदै शिक्षा मन्त्रालयमा बजेट न्युन रहने भएकाले आफुले अर्थ मन्त्रालयसंग समन्वय गरिरहेको र भुकम्पले भत्काएका विद्यालयहरु पुनःनिमार्णकाले लागि पहल समेत गरीरहेको बताए । नेपालमा व्यवसायिक शिक्षा आवश्यक भएकाले नेपालको सबृद्धिकालागि कृषि शिक्षा नै उपलब्धिमुलक हुने मन्त्रि पोखरेलको जोड थियो । 
शैक्षिक गोष्ठिले जिल्लाको शैक्षिक अवस्थामा परिवर्तन आउने विश्वास व्यक्त गदै पोखरेलले शैक्षिक क्षेत्रमा सिन्धुली जिल्ला अव नयाँ भएर आउने विश्वास व्यक्त गरे । 
जिल्लाका उच्च मावि तथा माध्यमिक तहका प्रधानाध्यापकहरुको उपस्थिती रहेको अन्तरक्रिया कार्यक्रममा डा. विद्यानाथ कोइराला, डा. रोजनाथ पाण्डे र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बावुराम पौडलेको उपस्थिती रहेको थियो । कार्यक्रममा डा. कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए । 


, , ,

0 comments

Write Down Your Responses