Powered by Blogger.
दुर्घटना न्यूनिकरण गर्न वीपी मार्गमा टाइम कार्ड

सिन्धुली १२, जेठ । देशैभर यातायात ब्यावसायीहरुको सिन्डीकेट जारी रहेका बेला जिल्ला स्थित वीपी राजमार्गमा सञ्चालन हुने यातायातका साधनमा भने स्थानीय प्रशासनले ‘टाइम कार्ड’ लागु गरेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तारबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले वीपी राजमार्ग अन्तरगत भिमानदेखी दुम्जासम्मको ९५ किलोमिटर खण्डमा सञ्चालन हुने यातायातका साधनहरुमा ‘टाइम कार्ड’ लागु गर्ने निर्णय गरीएको हो ।
तिब्र गतीका कारण उक्त राजमार्गमा सडक दुर्घट्ना बढ्दै गएको निष्कर्ष सहित आगामी असार १ गतेबाट लागु हुने गरी ‘टाइम कार्ड’ लागु गर्ने निर्णय भएको सिन्धुलीका प्रहरी उपरिक्षक उमाशंकर पञ्जियारले जानकारी दिए ।
उनले भने, ‘सिन्धुली जिल्ला भर पर्ने वीपी राजमार्गको कमलामाई नगरपालिका १० स्थित भिमान देखी काभ्रेको सिमाना नजीक कुशेश्वर दुम्जाको नेपाल थोकसम्म अनिवार्य निर्धारीत टाइममा सवारी सधान सञ्चालन गर्नु पर्ने र्निणय भएको छ ।’
टाइमकार्डका आधारमा तिब्रगतीमा सवारी चलाएर छिटो पुग्ने देखी धेरै समय बाटोमो यात्रु कुरेर बस्दा अन्य यात्रुलाई सास्ती दिने दुबै सवारी साधानलाई कारबाही गरीने पनि निर्णय भएको छ । ९५ किलोमिटर दुरी पारगर्न कती समय निर्धारण गर्ने भन्नेबारेमा भने अध्ययनका लागि प्रहरी नायव उपरिक्षक स्यामकुमार सारुको संयोजकत्वमा चार सदस्य अध्ययन समितिको समेत गठन गरीएको छ ।
वीपी मार्गको यो खण्ड प्रयोग गरी हिड्ने बस, बोलेरो, हायस, ढुवानीका साधन लगायतका सवारी साधनले उक्त टाइम कार्डको प्रयोग र पालना गर्नुपर्ने ब्यवस्था सुरु भएको हो । हाललाई नीजी सवारी साधनका लागि भने यो नियम लागु नहुने बताइएको छ ।
टाइम कार्डको चेक इलाका प्रहरी कार्यालय भिमान, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी खनियाखर्क, इलाका प्रहरी चौकी खुर्कोट, प्रहरी चौकी झारा र प्रहरी चौकी दुम्जामा हुने ब्यवस्था थालनी गर्न लागिएको प्रहरी कार्यालयले जनाएको छ । पूर्व धरानदेखी तराईका जिल्लाबाट राजधानी काठमाण्डौं भित्रने र बाहिरीने छोटो दुुरीका रुपमा रहेको राजमार्गमा अत्याधिक सवारी साधनको चाप बढेपछि दैनिक एक दर्जनसम्म दुर्घट्ना हुने गरेका छन् । यसलाई न्यूनिकरणका लागि अनिवार्य टाइम कार्ड लागु गर्ने र महेन्द्र राजमार्ग हुँदै वीपी राजमार्गको भिमान प्रवेश गर्ने र मध्यपहाडी लोकमार्ग हुँदै खुर्कोटबाट वीपी राजमार्गमा भित्रने सबै सार्वजनीक यातायातका साधनले यो नियम पालन गरे नगरेको कडा अनुगमन गरीने बताइएको छ ।
यसमार्ग हुँदै दैनिक चारहजार बढी सवारी साधनहरु राजधानी काठमाण्डौं भित्रने र बाहीरने गरेको प्रहरीको तथ्याङ्क छ ।
कतिपय सवारी साधनले यात्रुहरुलाई दुःख दिएर आवश्यक भन्दा धेरै समय कुराउने, तिब्र गतीमा सवारी चलाउने गर्दा नागरीकलाई सास्ती हुनुका साथै उनिहरुको जिवन समेत जोखीममा परेकोले टाइम कार्डका आधार सवारी चलाउने व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी कार्कीले निर्देशन दिएका थिए । विदीको शासन लागु नगर्नेहरुका लागि थप नियम सिर्जना गर्नु परेको उनको भनाई थियो । 
जिल्लामा आफ्नो समयमा थोरैमात्र यात्रु भए लामो सयमसम्म कुरेर बस्ने, धेरै यात्रुहरु भए हतारमा तिव्रगती दिने र अन्य कम्पनीका सवारी साधनलाई सञ्चालनमा रोक लगाउने समस्या कायमै छ । यसलाई क्रमस अन्त गर्नका लागि पनि टाइम कार्डले सहयोग पुरयाउने विश्वास ब्यक्त गरीएको छ ।
वीपी राजमार्गको निर्माण कार्य पुरा भएसँगै सवारी साधनको चापमा बृद्धि हुँदा सवारी दुर्घटनामा बृद्धि हुँदै गएको थियो ।  सवारी गति सिमित गर्न र दुर्घटना न्यूनिकरण गर्न सुरु गर्न लागीएको टाइम कार्डको ब्यवस्थाले वीपी मार्गको सिन्धुलीमा खण्ड्मा दुर्घटना न्यूनिकरण हुने विश्वास गरिएको छ ।
उता यातायात ब्यावसायीहरुले टाइम कार्डको पालन गर्न आफुहरु तयार रहेपनि निर्माण सम्पन्न भएको एक वर्षसम्म आफुहरु रुट परमिट नपाएकोमा ब्यावसायीहरुले गुनासो राखेका थिए । हामीलाई वीपी राजमार्गमा सवारी साधन चलाउन अनुमति पनि छैन् । ‘सरकार र स्थानीय प्रशासनले पनि विभिन्न नियम लागु गर्छ । सबै निमय मान्न तयार भएपनि रुट परमिटका लागि पनि सहयोग गर्र्नु होस्,’ नेपाल यातायात ब्यावसायी महासंघका जनकपुर अञ्चल संयोजक कान्छामान बलले भने ।






, ,

0 comments

Write Down Your Responses