Powered by Blogger.
बिहिबारको बन्दका लागी बुधबार नै बसपार्कमा थन्कीए बसहरू

यातायात ब्यावसायीको बन्द आह्वान

यातायात ब्यावसायीको बन्द आह्वान पछि बुधबार नै थान्काइएको बसहरु ।
सिन्धुली १२, जेठ । बिहिबार हुने भनिएको यातायात व्यावसायीको नेपाल बन्द सुचारु नगरे कडा कारबाही गर्ने गृहमन्त्रालयले जनाइरहेका बेला विमा निती र जरीवाना ऐनको संशोधनको माग गर्दै बिहिबार यातायात व्यावसायीले आह्वान गरेको नेपाल बन्दका कारण बुधबारबाटै सिन्धुली सुनसान भएको छ । 
यातायात व्यावसायीले बुधबारदेखीनै काम ठप्प पारेका छन् । सरकारले जरीवाना ऐन र विमा नीतिलाई संसोधन नगरेसम्म कडा आन्दोलन गर्ने जनाउँ दिदै व्यावसायीले सम्बद्ध सबैलाई बन्द सफल पार्न सहयोग गर्न समेत भन्दै हिडेका छन् । अधिकांस ब्यावसायीले बुधबारनै बसपार्कमा आफ्ना सवारी साधनलाई रोकेर राखी सकेका छन् ।
बिहिबारको बन्द सफल पार्न व्यावसायीले कुनैपनि यातायात समितिको काउण्टरबाट बुधबार टिकट समेत काटेका छैनन् । व्यावसायीको बन्दको हल्ला सुनेपछि बुधबारनै धेरै यात्रुहरु कोचाकोच गर्दै आफ्नो गन्तव्य तर्फ लागेका छन भने केही यात्रुहरु जिल्ला सदरमुकाममै आलपत्र अवस्थामा बसेका छन् । उता पूर्व धरानदेखी काठमाण्डौं सम्म र काठमाण्डौं हुँदै पूर्व धरानसम्म सञ्चालन हुने हजारौं सवारी साधनहरुको संख्यामा बन्दको हल्लाले निक्कै कमी आएको छ । उनिहरुले आफ्ना माग पुरा नभएसम्म यातायातका साधन बन्द गर्ने जनाएका छन् । 
यातायात ब्यावसायीको बन्द आह्वान पछि बुधबार नै थान्काइएको बसहरु ।
सरकारले जरीवाना ऐनलाई एक तर्फी लागुगराउँदा ब्यावसायी मारमा परेको नेपाल यातायात ब्यावसायी महासंघ नेपालका जनकपुर अन्चल प्रतिनीधि कान्छामान बलले गुनासो राखे । उनले भने, ‘जरीवाना ऐन  संसोधन गरी विमा नीतिलाई स्पष्ट नपारेसम्म व्यावसायीको आन्दोलन रोकीदैन् ।’
यातायात व्यावसायीको कमजोरी हुँदा न्यूनतम २५ रुपैयाँ ट्राफिक जरीवना तिराउने व्यवस्थालाई ऐनमै संसोधन गरेर सरकारले न्यूनतम ५ सय बनाएको छ । यात्रु विमामा तेस्रो पक्षका लागि पाँच लाख बनाएपनि पहिलो पक्षको एक लाख पचास हजार मात्र बनाएको भन्दै विमा नीतिलाई स्पष्ट पार्नु पर्ने ब्यावसायीको माग छ । पहिलो पक्षको विमापनि तेस्रो पक्षको सरह हुनु पर्ने ब्यावसायीले बताए । हाल लागु गरीएको ऐन र विमा नीतिले व्यावसायीको मात्र ढाड सेक्ने काम गर्ने भन्दै व्यावसायीलाई कारबाही गर्दामात्र सडक दुर्घट्ना हुनै नसक्ने भएकाले पहिला व्यवसायी, यात्रु र चालक तिनै पक्षलाई ट्राफिक नियमको पलना गराउन सचेत गराउँनु पर्ने व्यावसायीहरुको सुझाव छ ।
सरकारले जरीवना ऐनलाई कडाइ गर्दा ट्राफिक प्रहरीहरुबाट आफुहरु दिनदिनै ठगीदै गएको समेत ब्यावसायीको आरोप छ । सामान्य कमजोरीमा समेत प्रहरीले ठुलो जरीवना लिने गरेकोले बाध्य भएर जरीवाना ऐन संसोधनका लागि माग गर्दै आन्दोलनमा जानु परेको यातायात ब्यावसायी आकाश श्रेष्ठको भनाई छ । सामान्य रुट परमिट नहुँदा दुई सय रुपैयाँ तिर्दा हुनेमा प्रहरीले दश हजार देखी पन्द्र हजार रुपैयाँसम्म लिने गरेको श्रेष्ठको आरोप छ । ब्यावसायीले नीजि यातायातका साधनहरु समेत चल्न नदीने जनाएका छन् । उनिहरुले शान्तिपूर्ण बन्दको आह्वान गरेको जनाएपनि प्रहरीले भने नीजि सवारी साधनलाई भने अवरुद्ध नगर्न भनेको छ । बुधबार जिल्ला प्रशसन कार्यालय सिन्धुलीमा बसेको सर्वपक्षिय बैठकमा सिन्धुलीको प्रहरी प्रमुख प्रहरी उपरिक्षक उमाशंकर पञ्जियारले नीजि सवारी साधनलाई समेत रोके बल प्रयोग गर्ने व्यावसायीलाई चेतावनी दिएका हुन् । ‘आफ्ना सवारी साधन नचलाएर बन्द गरेपनि निजी सवारी साधनहरुलाई अबरुद्ध नगर्नुहोस । यदी त्यस्तो भए सुरक्षा निकायले बल प्रयोग गर्न बाध्य हुने छ,’ उनले भने । पञ्जियारले कुनै ट्राफिक प्रहरीले ऐन विपरित कोहीसंग रकम लिएको भए आफुलाई प्रमाण सहित उजुरी गर्न भने ।



,

0 comments

Write Down Your Responses