Powered by Blogger.
रामेछापको ओख्रेनीमा टाटा सुमो दुर्घट्ना एकै गाउँका पाँचको मृत्यू, ९ घाइते



राजन गाउँले
रामेछाप १३, जेठ । यातायात ब्यावसायीकै बन्दका कारण कोचाकोच गरेर यात्रुगर्दा एकै गाउँका पाँच जनाको ज्यान गएको छ । क्षमता भन्दाबढी यात्रुलाई कोचेर यात्रा गराएको ना१ज४१६१ नम्बरको टाटा सुमो रामेछाप नगरपालिका १ ओख्रेनीमा विहिबार दुर्घट्ना हुँदा ५ जनाको घट्ना स्थलमै मृत्यू भएको हो । 
अन्य ९ जना घाइते भएका छन् घाइेत मध्ये चार जनाको अवस्था गम्भीर रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जाकारी दिए । मृतकको संख्या सात जना रहेको खबर आएपनि हालसम्म पाँच जनाको मात्र मृत्यू भएको पुष्टि भएको प्रजिअ पौडेलले जनाए । 
मृत्यू हुनेमा हिमगंगा गाविस १ का वर्ष १२ का नवरत्न दर्लामी मगर, वर्ष २२ का पुष्प मगर, वडा नम्बर २ की वर्ष ४० की लालकुमारी तामाङ, वर्ष २७ की जानकी तामाङ र वर्ष ५५ का एकबहादुर आलेमगर रहेको प्रजीअ पौडेलले बताए । मृतक सबै हिमगंगा गाविस चिलाउने स्थित एकै गाउँका हुन् । उनिहरु रामेछाप बजारबाट बिहिबारको हाटमा किनमेल गरेर फर्केका थिए ।
‘मृतक पाँचै जनाको घट्ना स्थलमै मृत्यू भएको हो । उनिहरुको सव जिल्ला अस्पताल ल्याइएको छ,’ प्रजिअ पौडेलले भने । गम्भीर घाइते भएका चार जनालाई जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि काठमाण्डौं पठाइएको उनले बताए ।
रामेछापको पुरानो सदरमुकाम स्थित रामेछापको बिहिबारको हाट बाट फर्केका यात्रुहरु लिएर  हिमगंगा गाविसको चिलाउँने खर्काका लागि छुटेको वीपी यातायात सेवा समितिको टाटासुमो विहिबार दिउँसो ३ बजे सडकबाट करीब ३ सय मिटर अक्करभिरमा खसेर दुर्घट्ना भएको थियो । घट्ना स्थल र रामेछाप सदरमुकामै अहिले भिषण वर्षा भइरहेकाले उद्धारमा समस्या भएको प्रजिअ पौडेलको भनाई छ ।
घट्ना स्थलमा पुगेर नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले घाइतेको ृद्धार गरी मृतको शव जिल्ला अस्पताल तर्फ ल्याउँदै गरेको रामेटापका प्रहरी निरिक्षक मखन यादवले जानकारी दिए । वर्षाका कारण कच्ची सडकमा एम्बुलेन्स तथा शुरक्षाका सवारी साधन आवत जावत गर्न समेत निक्कै कठिनाई हुँदा उद्धारमा ढिलाई भएको प्रहरी निरिक्षक यादवले बताए । 
घट्ना स्थल पुरानो जिल्ला सदरमुकाम रामेछाप बजारबाट करिव २० किलोमिटर कच्चि सडक दुरीमा रहेको बताइएको छ । उक्त सुमोमा १३ जना सवार रहेका थिए । दुर्घट्नाको कारण एकिन भइनसके पनि कच्चि र चिप्लो सडक भएको हुन सक्ने अनुमान गरीएको छ । 
 यातायात ब्यावासयीहरुले गरेको नेपाल बन्दका कारण अन्य सवारी साधनहरु नचल्दा थोरै संख्यामा सञ्चालनमा आएका सवारीमा कोचिएर यात्रा गर्दा क्षमता भन्दा बढी भारका कारण सुमो अनियन्त्रीत भएको हुन सक्ने स्थानीय तथा प्रतक्षदर्शी युवाराज लामाले जानकारी दिए । गाडी तिव्रगतीमा थियो । बन्दका दिन भएकाले एक दुईवटा सुमोहरु मात्र चलेका थिए । 
‘ग्रामिण सडक भएकाले यातायात ब्यावसायीकै आँखा छलेर चलाइएको सुमोमा सिट क्षमताभन्दा बढी यात्रु कोचेर ल्याइएको रहेछ । पानी परेर चिप्लो भइरहेको कच्चि सडकको मोडबाट सुमो एक्कासी चिप्लीएको थियो,’ उनले भने । रामेछापमा हाट लाग्ने भएकाले हाटमा गएर फर्कनेहरु धेरै भएकाले ब्यावसायीले बन्दकै दिनपनि सुमो चलाएका थिए ।
बिहिबार राजस्व वृद्धि गरेको भन्दै ट्राफिक प्रहरी विरुद्ध यातायात ब्यावसायीले बिहिबार सार्वजनीक यातायातका साधन बन्द गरेर देशै भर विरोधमा उत्रिएका थिए । घट्ना स्थल अत्यत अक्करमा भएकाले उद्धारमै समस्या भएको बताइएको छ । घट्नाबारे विस्तृत विवरण आउँन बाँकी छ ।


0 comments

Write Down Your Responses