Powered by Blogger.
माओवादी केन्द्रमा एकै गाविसका पाँच केन्द्रिय सदस्य

सिन्धुली, १३ जेठ । माओवादी धाराका बिभिन्न् दश पार्टीहरु मिलेर बनेको नेकपा(माओवादी) केन्द्रको केन्द्रिय सदस्यमा नयाँ र पुराना सहित जिल्लाका दश केन्द्रिय सदस्य समावेश भएका छन । दश केन्द्रिय सदस्यमा जिल्लाको महादेवस्थान गाविसबाट मात्र पाँच जना रहेका छन । 
दश वर्षे माओवादी जनयुद्धका शहीद शेरमान कुँवरको जन्मस्थान उक्त गाविसबाट पुर्व अन्तरिम विद्यायीका सांसद समेत रहेका बुद्धिमान माझी, पुर्व सांसद जीत बहादुर माझी, नेता गणेश बुढाथोकी, शहीद शेरमान कुँवर पत्नी निरु दर्लामी र काजीमान थिङ्ग ६ सय ९९ सदस्यीय केन्द्रिय समितिमा समावेश रहेका छन । माझी दाजुभाई र बुढाथोकी पुरानो एकीकृत नेकपा(माओवादी)को तर्फबाट साथै थिङ्ग र कुँवर बैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)बाट केन्द्रिय समितिमा समावेश भएका हुन । 
पन्ध्रसय घरधुरी र ८ हजार ३ सय ५४ जनसंख्या रहेको उक्त गाविसमा अघिल्लो तथ्याङक अनुसार झण्डै तीन सय पार्टी सदस्य रहेको जनाइएको छ । जिल्लाको एउँटै गाविसबाट नेकपा(माओवादी) केन्द्रमा पाँच जना केन्द्रिय सदस्य बनेका छन भने थप जिल्ला अध्यक्ष राजन दाहाल, बैद्य माओवादीका जिल्ला सेक्रेटरी रहेका डम्बर कार्की र अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष रामकुमार पौडेल पनि केन्द्रिय सदस्य बनेका छन । नेता हरिबोल गजुरेल, बलराम तिमल्सीना सहित जिल्लाबाट नेकपा(माओवादी) केन्द्रमा केन्द्रिय सदस्यहरुको संख्या १० पुगेको हो । 


, ,

0 comments

Write Down Your Responses