Powered by Blogger.
बजेटको एक दिन नवित्दै बजारमा कालोबजारी



ब्यापारीले कृर्तीम अभाव गर्नेदेखी भारी मुल्य बृद्धी गरे

कालोबजारी भए माफी हुन्न ः कार्की
राजन गाउँले
सिन्धुली १८, जेठ । आफ्नै पार्टीका अध्यक्ष नेतृत्व सरकारले नागरीक र देशको विकासमा कालोबजारी नियन्त्रणको अठोट सहित ल्याएको जम्बो बजेट भाषणको भोलीपल्टै एमाले सिन्धुलीका जिल्ला उपाध्यक्ष प्रलाद पोखरेल ठगीए पछि प्रमुख जिल्ला अधिकारीलाई भेट्ने वित्तिकै कड्कीए । बजेट भाषणकै दिनसम्म समेत पाँच रुपैयाँ सस्तो किलोमा चिनी खाँदै आएका पोखरेल बजेट भाषणकै भोलीपल्ट किलोमा पाँच रुपैयाँ ठगीएपछि एकै दिनमा बजारमा कालोबजारी सलबलाउँदा आफु ठगीनु परेको भन्दै कड्कीएका हुन् । 
‘यो बजारमा के भएको हो ? सिडियो’साप, उनले प्रश्न गर्दै भने, सरकारले बजेट ल्याएको एक दिन भएको छैन् । कर्मचारीको तलव बढ्यो भन्दैमा तुरुन्दै मुल्य बढ्ने । एक रातैम मुल्यमा यत्रो फरक हुने । बजारमा तत्काल अनुगमन गर्नु प¥यो । म स्वयम ठगीए । अरुको के कुरा गर्ने ।’ आइतबार बिहानै चिनी किन्न माढी बजार स्थित एक किराना पसलमा पुगेका पोखरेलले किलोमा दश रुपैयाँ बढी तिर्नु परेपछि सर्वदलिय बैठकमा सहभागि प्रमुख जिल्ला अधिकारी तारबहादुर कार्कीलाई यस्तो प्रश्न गरेका हुन् । 
‘कर्मचारीको तलव र नागरीकको अधिकारमा किन यत्रो परक बुझाई, कर्मचारीको तलव बढ्ने वित्तिकै बजारमा कालोबजारी सुरु हुनु पर्ने ? बजार एक दिनमै नियन्त्रण बाहिर गइसक्यो । यस्तै ताल हो भने अब नारीकको ढाड भाँचिने भो,’ उनले भने । पोखरेलले एक दिनमै किलोमा दश रुपैयाँ बढी मुल्य लिएर चिनी बेच्ने ब्यापारीको नाम उल्लेख नगरेपनि प्रसासनले कारबाही गर्न चाहे उनको सबै कुरा सार्वजनीक गर्ने जनाए ।  
पोखरेल कड्की नसक्दै राप्रपाका जिल्ला उपाध्यक्ष अशोकराज भण्डारीले पनि सिडियो’सापसंगै गुनासो राखे । उनले भने, ‘बजारमा हिजोसम्म पाएको दैनिक उपभोग्य बस्तु आज पाउन छाड्यो । यो के भएको हो । बजेट भाँषण पछि एकाएक ब्यापारीले सामान लुकाउने र मुल्य वृद्धि गर्न थालीसके यसलाई कसरी नियन्त्रण गर्ने हो ।’ पोखरेल र राजभण्डारीले भने जस्तै जिल्लामा बजेट भाँषणको एक दिन नवित्दै दैनिक उपभोग्य बस्तुमा मुल्य बृद्धी भएको गुनासो आएको छ । कर्मचारीको तलव बृद्धी तथा सरकारले आयातीत बजारमा अन्तशुल्क लगाउँदा मुल्य बृद्धी हुने पूर्वानुमानमै ब्यापारीहरुले आफुखुसी एकै दिनमा पाँच देखी चालिस रुपैयाँसम्म खाद्यान्न र अन्य बस्तुमा तिन सय रुपैयाँ सम्म मुल्य वृद्धि भएको गुनासो आएको एक सहकारी संस्थाका सञ्चालक खडान्द तिमल्सेनाले सुनाए । 
दाल, चिनी, मसल, चामल, खानेतेल लगायतका बस्तुमा ब्यापारीहरुले प्रति किलो दश देखी ४० रुपैयाँसम्म मुल्य बढाएर विक्री गर्न थालि सकेको पाइएको छ । दालमा मात्र एक ब्यापारीले अघिल्लो दिनको तुलनमा २० रुपैयाँ प्रति केजी बढी लिएर विक्री गरे । ‘मैले किन यति महंगो भनी भने तर, ब्यापारीले अहिलेसम्म त्यहि मुल्य हो अब एक दुई दिनमा त्यही मुल्यमा पनि पाइदैन् भन्ने जवाफ दिए । योत बजेटले कालोबजारीलाई सलबलाउँने मौकापो दिए जस्तो भयो । यसले जिल्लामा आम उपभोक्ता मारमा पर्दै गएको प्रस्ट हुन्छ,’ उनले पनि सुनाए ।
जिल्ला तहका राजनीतिक दल सहित सहभागि तिमल्सेनाले यस्तो भनिरहँदा प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख तथा सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष लगायतका ब्यापारीहरु समेत एकै मन्चमा थिए । कर्मचारीको तलव बृद्धी र सरकारले बजेठ भाँषण पछि करबढउँदा आफुहरु महंगोमा सामान खरीद गर्नु पर्ने बाध्यतामा पर्ने आँकलनमा ह्वात्तै मुल्य बृद्धी गर्ने गरेको गुनासो दलकै नेता र अन्यबाट समेत आएपछि प्रमुख जिल्ला अधिकारी कार्कीले सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष विनेस श्रेष्ठकै अगाडी बजारमा मुल्य बृद्धी गर्दै कालोबजारी गर्ने लाई तत्काल साविक मुल्यमा सरसामाग्री विक्री नगरे कारबाही गर्ने चेतावनी दिए ।
‘मैले यो गुनासो अरुबाट पनि हिजैदेखी सुनेको छु । तत्काल तपाई ब्याप्यारीहरु कालोबजारी नियन्त्रणका लागि लाग्नु हुन्छकी मैले धरपटक गर्नु पर्छ । कर्मचारीको तलव बृद्धी भएको नाममा बालोबजारी हुन्छ भने प्रशासनले त्यसलाई सहन्न । मैले तत्काल त्यस्ता ब्यापरीलाई उठाएर ल्याएर कारबाही गर्छू । तपाईहरुले सच्चिने मौका समेत पाउँ भन्दै गुनासो गर्न आउँन पाउँनु हुन्न, वाणिज्य संघका अध्यक्ष प्रति लक्षित गर्दै कार्कीले भने,  ‘कि तपाईहरु आफै आफ्ना ब्यापारीहरुलाई कारबाहीको दायरामा ल्याउनु होस् ।’
मुल्य बृद्धी गर्नेलाई बालोबजारीको मुद्ध चलाउने कार्कीले चेतावनी दिए । त्यस लगत्तै बोलेका प्रहरी उपरिक्षक उमाशंकर पञ्जियारले मुल्य बृद्धी गरेर उपभोक्ता ठग्नेलाई तत्काल नियन्त्रणमा लिन प्रहरी तयार रहेको भन्दै प्रमाण सहित खबर गर्न भने । उनले प्रहरीलाई विशेष रुपमा परिचालन गर्ने भन्दै बजारलाई नियन्त्रणमा रख्न सबै पक्ष लाग्नु पर्नेमा जोड दिए । सहपाठीको दुखेसो र जिल्लाका प्रशासन प्रमुखहरुको चेतावनी पछि बजेटेको विरोध गर्दै आएको कांग्रेस सिन्धुलीका सभापति उज्वल बरालले समेत बजारभाउँ एक दिनमै नियन्त्रण बाहिर गएको भन्दै त्यसलाई पुनःनियन्त्रणका लागि तत्काल बजारको अनुगमन गर्नु पर्ने बताए । बजेटका कारण उपभोक्ता ठगीन सक्ने भएकाले त्यसतर्फ स्थानीय प्रशासन र नागरीक दुबै सजग रहनु पर्ने जनाए । उता माओवादी केन्द्रका केन्द्रीय सदस्य राजन दाहालले समेत बजारमा मुल्य आकाशीन थालेको जनाए । 
बजेट भाँषण पछि बजारमा सिमेन्ट तथा रर्ड बेच्ने ब्यापारीहरुले मुल्य वृद्धि गराउँन लुकाउन थालेको जनाएका छन् । दश रुपैयाँ खिली पाउँने सूर्य चुरोटको मुल्य बजेटको एक दिनमै पाँच रुपैयाँ बढेर १५ रुपैयाँ पुगेको गुनासो छ । यस बाहेक दैनिक उपभोग्य बस्तु समेत किर्तीम अभाव सिर्जना गर्न थालिएको बताइएको छ । उता बजेट भाँषणपछि बजार मुल्य बृद्धी भएको भन्ने गुनासो आएपछि संघका अध्यक्ष श्रेष्ठले तत्काल बजारको कुरा बुझेर ब्यापारी साथीहरुलाई सचेत गराउँने जनाए । उनले मुल्य बृद्धी गर्ने र कृतिम अभाव गर्ने ब्यापारीलाई संघले बचाउन नगर्ने समेत जनाए ।


, ,

0 comments

Write Down Your Responses