Powered by Blogger.
प्रेस सेन्टर नेपालमा सिन्धुलीका पाचँ पत्रकार केन्द्रिय सदस्यमा निर्वाचित


सिन्धुली १९, जेष्ठ । नेकपा माओवादी केन्द्र गठन भए पश्चात एनेकपा माओवादी निकट रहेको क्रातिकारी पत्रकार संघ लगाएत दशवटा पत्रकार संगठनहरुको वुधवार काठमाण्डौमा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट क्रातिकारी पत्रकार संघ सिन्धुलीका पाच जना पत्रकार केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । जसमध्ये मिनकुमार दहाल, राजन गाउले, वुद्धकुमार आछामी, प्रमोद दहाल र नवराज दहाल रहेका छन् ।
आगामी भाद्र ११ र १२ गते हुने राष्ट्रिय सम्मेलनका लागी सुरेन्द्र आचार्यको अध्यक्षतामा ४९९ सदस्यीय मुल आयोजक कमिटि गठन गरिएको छ ।
कार्यक्रमलाई सम्वेधन गर्दै नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले पार्टी एकताको निम्ती जुन किसिमको भ्रम फैलाइएको छ त्यो भ्रमलाइ मेटाउन पत्रकारले महत्वपुर्ण भुमिका खेल्लु पर्ने वताए । साथै पार्टी एकिकरण पश्चात सवैभन्दा पहिले पत्रकार संघको भेला भएको कारण खुसी समेत व्यक्त गरे ।  


,

0 comments

Write Down Your Responses