Powered by Blogger.
प्रशासनको छड्के जाँचमा परे २५ कर्मचारी



सिन्धुली, २२ वैशाख । सरकारी सेवा प्रवाहलाई व्यवस्थित र सेवाग्राही प्रति कर्मचारीलाई जवाफदेहि बनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गरेको छड्के चेकजाँचमा ८ सरकारी कार्यालयका २५ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । 
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकिय अधिकृत सहितको टोलीले गरेको अनुगमनमा सवै भन्दा बढी विद्युत प्राधिकरण सिन्धुलीमा ७ जना अनुपस्थित रहेको भेटिएको जनाइएको छ  । नेपाल विद्युत प्राधिकरण, जिल्ला पशु सेवा कार्यालय, जिल्ला सिचाई डिभिजन, शहरी विकास तथा भवन डिभिजन कार्यालय, कृषि विकास कार्यालय, जिल्ला प्राविधिक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र घरेलु तथा साना उद्योग विकास शाखामा अनुगमन गरेको जिल्ला प्रशासनका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी वासु प्रसाद काफ्लेले जानकारी दिए ।
सिचाई डिभिजन कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालयमा भने सवै कर्मचारी उपस्थित रहेको पाईएको काफ्लेले बताए । 


0 comments

Write Down Your Responses