Powered by Blogger.
विभागको निर्देशन भन्दै म्याद सकिएको औषधी प्रयाेग



सिन्धुली, २३ वैशाख । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले विभागको निर्देशन भन्दै सिन्धुलीको दुधौली नगरपालिका क्षेत्रमा म्याद सकिएको मलेरीया विरुद्धको औषधी छर्केको छ । 
लामखुट्टेको टोकाईबाट सर्ने मलेरीया रोगका विरुद्ध गाउँमा छर्किएको औषधी उपयोग अवधी सकिएको भेटेपछि स्थानीयहरुले विरोध गरेका थिए । दुधौली क्षेत्र मलेरीयाको जोखिममा रहेको भन्दै जनस्वास्थ्य कार्यालयले त्यस क्षेत्रमा यस वर्ष उक्त औषधी छर्किएको हो । 
स्थानीयवासीहरुको स्वास्थ्य माथि खेलवाड गर्दै म्याद सकिएको औषधी छर्किएर कार्यालयले गम्भीर लापरवाहि गरेको स्थानीयहरुले आरोप लगाएका छन । 
तर कार्यालयले भने विभागले ल्याव परीक्षण गरी पुन प्रयोग गर्न मिल्ने भन्दै पत्र पठाएको कारण उक्त क्षेत्रमा लगेर प्रयोग गरिएको जनाएको छ । 
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सुरेन्द्र प्रसाद चौरासीयाले विभागको निर्देशनमा नै उक्त औषधी प्रयोग गरिएको बताए । 
पोथी जातको लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने मलेरीया रोगलाई नियन्त्रण गर्न लामखुट्टेको टोकाईबाट बच्नु नै मुख्य उपाय भएको जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले बताउनुभयो । सुत्दा सधै झुलको प्रयोग गर्ने, घर आँगनमा फोहोर हुन नदिने, सचेतना जगाउने, बाताबरणिय सरसफाईमा ध्यान दिने र हात खुट्टामा क्रिमहरु लगाएर बस्ने गर्दा लामखुट्टेले टोक्न नपाउने र रोगबाट बचिने चिकित्सकहरू बताउछन । 


,

0 comments

Write Down Your Responses