Powered by Blogger.
डिजलको मुल्य घट्यो तर घटेन एम्बुलेन्स भाडा

तीन वर्ष देखी एउँटै मुल्य तिर्न बाध्य सेवाग्राही 

सिन्धुली, २३ वैशाख । पेट्रोलीयम पर्दाथको मुल्यमा भारी गिरावट आएपनि सिन्धुलीमा सञ्चालित एम्वुलेन्सहरुले सेवाग्राहीहरुसँग विगत तिनवर्ष देखी निर्धारण गरेको मुल्य नै लिने गरेका छन । डिजलको मुल्य १ सय चार रुपैयाँ हुँदा निर्धारण गरीएको भाडादर डिजेलको मुल्य घटेर ७६ रुपैयाँ हुँदा समेत मुल्य समायोजन नहुँदा सेवाग्राहीहरु एम्बुलेन्सको चर्को भाडा तिर्न बाध्य भएका छन । एम्बुलेन्स सञ्चालक सरकारी तथा गैर सरकारी संस्थाहरुले सेवा भन्दा ब्यापार गरिरहेको उनीहरुको आरोप छ । 
एकातिर सेवाग्राहीहरुलाई चर्को भाडा तिनुपर्ने बाध्यता छ भने अर्कातिर गुणस्तरिय सेवा समेत पाउन सकेका छैनन् । जिल्लामा रहेका अधिकांस एम्बुलेन्स मापदण्ड विपरित सचालनमा रहेका छन  । एम्बुलेन्स भित्र हुनुपर्ने न्युनतम सामाग्री समेत रहेको पाइदैन । जिल्लाका एम्वुलेन्सहरुले अन्य सामान्य सवारी साधन झै विरामी वोक्दै आएका देखिन्छन । 
जिल्लामा एम्बुलेन्स सेवा सञ्चालन व्यवस्थापन र अनुगमन गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, जिल्ला अस्पताल प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला रेडक्रश र जिल्ला जनस्वास्थ कार्यालयको प्रमुख सदस्य सचिव रहने गरी एम्बुलेन्स सेवा सचालन समिति रहेको छ । समितीले एम्बुलेन्स खरिद प्रकृया देखि सञ्चालन अवस्थाको अनुगमन सम्मको काम गर्नुपर्ने भएपनि त्यो काम हुन सकेको छैन । समितिले तिन वर्ष अगाडि देखीको भाडा समायोजन गर्न सकेको छैन भने आवश्यक आचारसंहित र सञ्चालनमा रहेका एम्बुलेन्सहरुले मापदण्ड पुरा गरेका छन वा छैनन् भन्ने अनुगमन समेत गर्ने गरेको छैन । जस्का कारण सर्वसाधारण सेवाग्राहीहरु एम्बुलेन्सको नाममा महंगो शुल्क तिरेर हैरानी व्यहोर्न बाध्य छन । एम्बुलेन्सबाट गुणस्तरिय र विश्वसनीय सेवा प्राप्त गर्न सकेका छैनन् । 
सरकारले एम्वुलेन्सलाई क, ख र ग गरी तिन वर्गमा विभाजन गरेको छ । ति मध्ये सिन्धुलीमा क र ख का एम्वुलेन्स सञ्चालनमा छैनन् । एम्बुलेन्स सेवा सञ्चालन नीति २०६० अनुसार ग वर्गको एम्वुलेन्सलाई सामान्य जिवन सहयोगी सहित सामान्य विरामीलाई ओसार पसार गर्ने सवारी साधनको रुपमा लिइएको छ । ग वर्गका एम्बुलेन्सले गम्भिर प्रकृतिका विरामी वोक्न पाउने छैनन ।
जिल्लामा भने सामान्य एम्बुलेन्सहरुले नै गम्भीर प्रकृतीका विरामी वोक्दै आएका छन । संचालनमा आएका एम्बुलेन्स भित्र हुनुपर्ने न्युनतम सामाग्रि समेत रहेको पाइदैन । ग वर्गको एम्वुलेन्समा प्राथामिक उपचारका सामाग्री अनिवार्य हुनुपर्ने र चालकलाई प्राथामिक उपचार दिनुपर्ने व्यवस्था छ । साथै अक्सिजन सिलिन्डर र आवश्यक पर्दा विरामीलाई अक्सिजन चलाउन सक्ने सामाग्रिको व्यवस्था एम्बुलेन्स भित्र हुनुपर्ने नीतीमा उल्लेख छ । तर सिन्धुलीका अधिकांस एम्बुलेन्समा यो सुविधा छैन । एम्वुलेन्स धेरै पुराना भएका कारण चढेपछि कहाँ विग्रने हो भन्ने चिन्ताले सताउने गरेको सेवाग्राहीहरुको गुनासो छ । 
जिल्लामा एम्बुलेन्स सञ्चालन गर्ने सरकारी तथा गैर सरकारी निकाय र चलकहरुले पालना गर्नुपर्ने आचारसहिता समेत छैन । आफ्नै तरिकाले एम्वुलेन्स सेवा सञ्चालन भइरहेको छ । जिल्लामा एम्वुलेन्स सञ्चालनको सन्दर्भमा केहि वर्ष अगाडि भाडामा एकरुपता ल्याउन भाडा निर्धारण गरिएको भएपनि आचारसंहिताको निर्माण नभएको नेपाल रेडक्रश शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए । रेडक्रश सिन्धुली शाखा र थप तिन उपशाखा सहित चार ओटा एम्वुलेन्स सञ्चालमा रहेको जानकारी दिदै श्रेष्ठले सकेसम्म गुणस्तरिय सेवा दिइएको र राज्यको निती र निर्देशीका अनुसार एम्वुलेन्स सेवा प्रदान गर्न नसकिने बताए । 
नेपाल सरकारको स्वस्थ्य सेवा अन्र्तगत एम्वुलेन्स सेवा दक्ष एवम् प्रभावकारी स्वस्थ्य सेवाको एउटा अगं भएको तथ्यलाई स्विकार गरी आवश्यकीय एम्वुलेन्स सेवा सञ्चालन नीति २०६० ल्याएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको अवस्था छैन । स्थानीय तहमा भरपर्दो अनुगमन र आचारसंहिताको निर्माण नहुँदा उपभोक्ताहरु समस्या भोग्न बाध्य भएको उनीहरु बताउछन । 
उता प्रमुख जिल्ला अधिकारी एवं जिल्ला एम्वुलेन्स सञ्चालन समितिका संयोजक तारा बहादुर कार्कीले मापदण्ड र निर्दशिका विपरित एम्बुलेन्स सञ्चालन गरेको पाइएमा अनुगमन गरि कडा भन्दा कडा कार्वाही गर्ने बताउँदै चाडै समितिको वैठक बसेर मुल्य समायोजन र आवश्यक नितीहरुको निर्माण गरी एम्वुलेन्स सञ्चालक संस्था र चालकलाई सेवाग्राही प्रति जवाफदेही बनाउने बताए । 
हाल जिल्लामा जिल्ला अस्पताल विकास समितिको दुई, नेपाल रेडक्रश सोसाइटीको चार, प्राथामिक स्वास्थ्य केन्द्रको दुई र हेन्ड पोलिक्लीनिक्स दुधौलीको १ सहित जम्मा ९ ओटा एम्बुलेन्स सञ्चालनमा रहेका छन । 
एम्वुलेन्सको चर्को मुल्य समायोजन र गुणस्तरिय सेवा प्रदान गर्न नियमन गर्ने सम्बन्धीत निकाय र सञ्चालक संस्था गम्भीर बन्नुपर्ने आवश्यक्ता रहेको उपभोक्ताहरु बताउछन । 


, , ,

0 comments

Write Down Your Responses