Powered by Blogger.
पत्रकारहरुलाई सुरक्षित प्रवासन सम्बन्धी अभिमुखिकरण


बुद्धकुमार आछामी
सिन्धुली, २६ वैशाख । वैदेशीक रोजगारीलाई सुरक्षित, उपलब्धीमुलक र भरपर्दो बनाउने उदेश्यले सञ्चालित वैदेशिक रोजगारका लागी सुरक्षित आप्रवासन(सामी) परीयोजना अन्र्तगत जिल्ला विकास समिति सिन्धुली र सामी परीयोजना जिल्ला एकाईले आज जिल्लाका पत्रकारहरुलाई सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ । 
तालिममा सुरक्षित आप्रवासनलाई अझ सुरक्षित बनाउन सञ्चारकर्मीहरुको भुमीका कस्तो हुने वैदेशीक रोजगारी भित्र लुकेर रहेका सकारात्मक र नकारात्मक पक्षहरुलाई कसरी प्रकाश गर्ने भन्ने बारेमा अभिमुखीकरण गरिएको थियो । 
कान्तिपुर दैनिकमा वैदेशीक रोजागारी सम्बन्धी विट हेर्दै आएका पत्रकार दिनेश  रेग्मीले वैदेशीक रोजगारी भित्रका विविध पक्षहरुको बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए । कतिपय कानुनी विषयबस्तुहरु नजान्दा समस्याहरु निम्तीने गरेको बताउँदै रेग्मीले विषयबस्तुको गहिराईमा पुगेर पाठकहरुलाई सत्यतथ्य समाचार पस्कन प्ररीत गर्नका लागी पनि अभिमुखीकरण महत्वपूर्ण हुने बताए । 
त्यस्तै तालिमको उदघाटन शत्रमा मनतव्य राख्दै प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले सुचनाले नै समाजलाई परिवर्तन गर्ने भएकाले पत्रकारहरुका लागी प्रदान गर्न लागीएको सुरक्षित आप्रवासन सम्बन्धी तालिमका कारण नेपाली नागरीकहरु त्यसबारेमा सुसुचित हुन अवसर पाउने बताए । 
एकदिवशीय तालिममा परीयोजनाको उदेश्य र गतिविधीको बारेमा परीयोजनाकी सहायक कार्यक्रम अधिकृत विजया दाहालले जानकारी गराएकी थिइन । भने जिल्ला विकास समिति सिन्धुलीका बरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालले वैदेशीक रोजगारी र सिन्धुलीको अवस्थाको बारेमा र सामी परीयोजना सिन्धुली इकाईकी रमा कार्कीले हाल जिल्लामा सामी परीयोजनाले गरिरहेको गतिविधीहरुको बारेमा सहभागी पत्रकारहरुलाई जानकारी गराएकी थिइन । 
कार्यक्रममा जिल्ला स्थित विभिन्न् सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । तालिम पछि वैदेशीक रोजगार सम्बन्धी रिर्पोटिङ्ग गर्न र पाठकहरुलाई विषयबस्तु पस्कने कुरामा आफुहरुलाई निक्कै सहयोग पुग्ने पत्रकारहरुले बताएका छन । 
वैदेशीक रोजगारीका लागी सुरक्षित आप्रवासन(सामी) परीयोजना स्वीस सरकार विकासको आर्थिक सहयोगमा श्रम तथा रोजगार मन्त्रालयको संयोजनमा जिल्ला विकास समिति सिन्धुलीले आर्थिक वर्ष २०७१/७२ देखी सञ्चालन गर्दै आएको छ । 
परीयोजनाले जिल्लामा छुट्टै परामर्श केन्द्रको स्थापना गरी  वैदेशिक रोजगारीको क्रममा बिभिन्न किसिमले ठगीमा परेकाहरुलाई निःशुल्क कानुनी सहायता तथा जोखिममा परेकालाई उद्धार गर्ने काम गर्दै आएको छ । सकेसम्म स्वदेशमा नै सिपमुलक तालिम लिएर आर्थिक उपार्जनको काम गर्न वा विदेश नगई नहुने भए सीप सिकेर मात्रै जान केन्द्रले प्रेरित गर्दै आएको परामर्शकर्ता रमा कार्कीले बताइन । विदेश जान चाहनेहरुले सम्वन्धित देशको भाषा, आफुले काम गर्ने कम्पनि, लाग्ने खर्च विदेश जाँदा चाहिने कागजपत्र, अपनाउने प्रक्रिया लगायतका विषयमा केन्द्रबाट परामर्श दिने गरिएको छ ।


, ,

0 comments

Write Down Your Responses