Powered by Blogger.
सवारी दुर्घटना एक घाईते



सिन्धुली, २६ वैशाख । वीपी राजमार्ग स्थित सिन्धुली खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
वीपी मार्ग स्थित कनपा–१० मा बर्दिबासबाट सिन्धुली तर्फ आउँदै गरेको मोटरसाईकल दुर्घटनामा परी बा ४९ प ६०७२ नम्बरको मोटरसाईकलका चालक महोत्तरी बर्दिबास नगरपालिका–५ का राजेन्द्रबहादुर मगर घाईते भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार सारु मगरले जानकारी दिए । 
आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मगरको टाउको,हात,घुडा,अनुहारमा चोट लागेको र उनको माढीबजार स्थित मोर्डन एपोलो अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 
त्यस्तै आइतबार नै वीपी मार्ग स्थित कनपा–९ ढुग्रेबासमा सिन्धुलीबाट काठमाडौ तर्फ जाँदै गरेको बा.१४ च ६४४९ नम्बरको कार र विपरित दिशातर्फबाट आउँदै गरेको बा ३ ख ९२२ नम्बरको ट्रक एक आपसमा ठक्कर खादा कारमा क्षति पुगेको जनाइएको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

    


0 comments

Write Down Your Responses