Powered by Blogger.
पूर्व अख्तियार प्रमुखकै कार्यालयमा भ्रष्टाचार !

‘सेटीङमा कार्यालय सहायकदेखी प्रमुखसम्म घुस’

२५ रुपैयाँको पुर्जाबाट विना रसीद ५० देखी सयसम्म असुली
राजन गाउँले
बर्दिवास (सिन्धुली) २८, जेठ । अख्तियार दुरुपयोग अनुशन्धान आयोग भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताको जरै देखि नियन्त्रणका लागि काम गर्ने नेपालको संबैधानीक निकायका रुपमा मानिन्छ । उक्त कार्यालयले सार्वजनीक सरकोकार राख्ने र सामुदायिक क्षेत्रमा हुने भ्रष्टाचारको सुस्म अध्ययन र अनुसन्धान गर्ने र दोशीलाई कानुनी दायरमा ल्याएर समाजमा सदाचार कायम गराउने काम गर्छ । तर, भ्रष्टाचार नियन्त्रण गरी सदाचार कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने अख्तियार दुरुपयोग आयोगकै प्रमुखको कार्यालयमा वर्षौदेखी सेटीङमा कार्यालय सहायकदेखी प्रमुखसम्म आर्थीक अनियमितता हुन्छ भन्दा अपत्यारीलो लाग्न सक्छ । तर यस्तै भएको छ पूर्व क्षेत्रिय अख्तियार प्रमुखको नेतृत्वमा रहेको बर्दीवास मालोपात कार्यालयमा ।
  निगरानीमा क्षेत्रिय अख्तियार दुरुपयोग कार्यालय बर्दीवासका तत्कालीन प्रमुख देवनाथ पोखरेल प्रमुख रहेको मलापोत कार्यालय बर्दीवासमा कार्यालय बाहिर लेखनदास र भित्र कार्यालय सहयोगी देखी कार्यालय प्रमुखसम्म आर्थिक चलखेल हुने गरेको पाइएको हो ।
सेवाग्रहीसंग मालपोत राजिष्ट्रेशन, नामसारी, कित्ताकाट, अंशबण्डादेखी मलपोतसंग सम्बन्धित मुद्धाका कारोबारमा कार्यालय बाहिरदेखी भित्रका प्रमुखसम्म ठुलो रकम चलखेल हुने गरेको आरोप लाग्दै आएको थियो । उक्त कार्यालयमा कार्यालय प्रमुखकै मिलेमतोमा खुलेआम सेवाग्रहीलाई ठगीने गरेको प्रमाण भेटीएको छ । 
उक्त कार्यालयको एउटामात्र उदाहरणले अख्तियारका पूर्व प्रमुख समेत रहेका पोखरेल नेतृत्वको मालपोत कार्यालयमा हुने आर्थिक अनियमितताको पराकष्ठ प्रमाणीत हुन्छ । कार्यालयले रजिष्टर पास पछि जग्गा धनीलाई दिने रातो प्रमाण पुर्जाको बाहिरी भागमै मुल्य २५ रुपैयाँ लेखिएको भएपनि कोइराला नेतृत्वको कार्यालयमा उक्त पुर्जाको ५० रुपैयाँ असुल गरिन्छ । तर, त्यसको कुनै रसिद सेवा ग्राहीलाई दिइन्न । त्यति मात्र हैन उक्त रकम कार्यालयको आम्दानी खातमा समेत हिसाव हुन्न । उक्त कार्यालयकै उक्त पुर्जा वितरण फाँटका सुदिप कोइरालाका अनुसार पुर्जाको मुल्य २५ रुपैयाँ तोकीएपनि कार्यालयकै निर्देशनमा ५० रुपैयाँ लिने गरेको बताउँछन् । 
सेवा ग्राहीसंग ५० रुपैयाँका दरले रकम असुल गरीरहेको देखेपछि किन २५ रुपैयाँ बढी लिएको भन्ने हाम्रो प्रश्नमा कोइरालाले भने, पुर्जाको रकम त २५ रुपैयाँ नै हो, तर, माथीबाट ५० रुपैयाँ लिनु भन्ने आदेश छ ।’ उक्त पुर्जाको मुल्य २५ तोकेकै भएकाले अर्को रसदि नदीएको उनको भनाई थियो । सेवा ग्राहीसंग लिएको ५० रुपैयाँ मध्ये २५ रुपैयाँको मात्र हिसाव कार्यालयको आम्दानी खातामा बस्ने उनको भनाई थियो । बाँकी २५ रुपैयाँ कार्यालयका फाँटवाला देखी प्रमुखसम्मको भाग बण्डामा हुने उनले संकेत गरे । आफु अन्नपूर्ण निगरानीमा परेको थाहा पाएपछि कोइरालाले भने, ‘यो सबैसंग ५० लिएपनि रसिद दिँदैनौं । पहिलादेखीनै यस्तै चलन छ । सबैकुरा माथीका हाकीमलाई थाहा होला ।’
उनि झटपट पन्छिन खोजे । त्यस लगत्तै निमिक्त कार्यालय प्रमुख स्यामबहादुर थिङसंग पुगेर कार्यालयमा हुने वेतिथीको कुरा गर्दा अनभिज्ञता प्रकट गरे । तर, संगै बसेका कार्यालय सहयोगी होमबहादुर मगरले कुनै समस्याको प्रबाह नै नगरी निमिक्त प्रमुखै अगाडी भने, ‘हैन सर हामीले रातो पुर्जाको ५० रुपैयाँनै लिने गरेका छौं ।’ उनले यहि कुरा चार पटक सम्म दोह्याए । त्यसपछि थिङले स्वीकार गर्दै भने, ‘रकम ५० सै लिएको हो । तर त्यसको मुल्य कति पर्छ भन्ने जानकारी थिएन । म भर्खरै सरुवा भएर आएको हो । बाँकी कुरा कार्यालय प्रमुखलाई भन्नु होला ।’ 
निमिक्त कार्यालय प्रमुखलेने स्वीकार गरेपछि त्यस माथीका प्रमुख अर्थात बरिष्ठ निमिक्त प्रमुख गोपाल प्रसाद नकर्मीलाई सम्पर्क गर्दा उनी निमित्तकै हैशीयतमा थिङलाई अर्को निमिक्त दिएर जलेश्वर डुल्न गएको पाइयो । उनलाई टेलीफोन सम्पर्क गर्दा फाँटवालाले कजोरी गरेको भन्दै आफुहरुलाई त्यसको कुनै हिसाव किताव नआउँने भन्दै पन्छन् खोजे । सोही क्रममा अर्का पाँटवाला अधिकृत भुवन काफ्लेले आफु पनि ३२ महिना अख्तियारमै काम गरेर आएको भन्दै कार्यालयमा कुनै भ्रष्टाचार नभएको दावी सहित चोख्खिने प्रयत्न गरे । तर, उनकै कार्यालयका पुर्जा वितरण फाँटका कोइराला र कार्यालय सहयोगी रानाले २५ रुपैयाँको पुर्जाको ५० रुपैयाँ लिएर देखादेखी सेवा ग्राहीसंग २५ रुपैयाँ ठग्दै गरेको कुरालाई पुन बोलेपछि उनी नतमस्क भए । भने, ‘हामीले कार्यालयमा हुने वेतिथी सुधार गर्न संधै निर्देशन दिएका हुन्छौं तर, सुद्रिएन् ।’ उनि मालपोत कार्यालय आउनु अघि बर्दीवास अख्तियार कार्यालयमा १६ महिना र धनकुटा अख्तियारमा १६महिनाकाम गरेको अनुभव सुनाउँछन् ।
यो देशै भरको मालपोत कार्यालयमा हुने सामान्य भ्रष्टाचारको उदाहरण हो । हेर्दा समान्य २५ रुपैयाँ लागेपनि कसरी भ्रष्टाचार हुन्छ र सेवा ग्राही ठगिन्छन भन्ने यो एउटा देशभरकै तस्विर हो । बर्दीवास मालपोतमा सामान्य रजिष्टेशनपासको लेखनदासले मात्र सेवाग्राहीमा हजारौ रुपैयाँ लिने र त्यसको केही हिस्सा फाँटवाला देखी कार्यालय प्रमुखसम्मलाई बुझाउँन पु¥याउँने गरेको पाइएको छ । यस्तो रातो पुर्जाको अन्य जिल्लामा एक सय देखी दुई सय रुपैयाँसम्म लिने गरेको पाइन्छ । सिन्धुली जिल्ला स्थित मालपोत कार्यालयमा त्यहि रातो पुर्जाको तिन गुणाबढी रकम सेवा ग्राहीसंग असुलीन्छ । स्रोतका अनुसार एउटा पुर्जाको एक सय रुपैयाँ लिन्छ । भु माफीयाहरुको जंगुलमा परी नक्कली जग्गा धनी तयार गरी सरकारी जग्गा खरिद विक्री गराउँने, सामान्य कामलाई समेत महिनौं लगाएर सास्ती दिँदै राजस्व बाहेकको शुल्क बुझाएर तुरुन्तै काम गरीदिने भन्दै कार्यालयमा दलाल गर्नेहरु कार्यालय भित्रैदेखी लेखनदाशसम्म हुन्छन् । लेखनदाशहरुले सेवा ग्राहीहरुसंग लिने शुल्कमा समेत एकरुपता छैन् ।
आफुहरुले रकम नबुझाए फाँटवालाले दुःख दिने भएकाले सँधै सेवाग्राहीबाटै बढी रकम लिएर बुझाउने गरेको एक लेखनदासले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने । ‘सामान्य शुल्क फाँटवालाहरुले लिने र मुद्धा मामलाको काममा भने कार्यालय प्रमुखसम्मलाई रकम बुझाउनु पर्छ,’ उनले भने ।
उता मालपोत प्रमुख कोइरालाले आफु तालिमको सिशिलामा काठमाण्डौमा भएकोले कार्यालयमा भएको अनियमितताका विषयमा बुझ्ने बताए । उनले भने, ‘कार्यालयमा वेतिथी नहोस भन्नका लागि सबैलाई निर्देशन दिएको छु । कसैसंग रकम असुल्न भनेको छैन् । तर, कुन कर्मचारीले कसरी रकम असुल गरेको हो सो विषयमा छानविन गरी कारबाहीका लागि पहल गर्छु ।’ तर, भ्रष्टचारीहरुलाई तहलगाउने र भ्रष्टाचार कहाँ कसरी हुन्छ भन्ने बारेमा लामो समय अनुसन्धान गरेका र अनुभवि प्रमुखकै कार्यालयमा यस्तो वेतिथी हुँदासम्म जानकार नभएको बताउँने कार्यालयका प्रमुख कोइराला र फाँट अधिकृत काफ्लेका विषयमा भर्ने सर्वसारधणले समेत प्रश्न उठाएका छन् ।


, ,

0 comments

Write Down Your Responses