Powered by Blogger.
‘अन्नपूर्ण पोष्ट ओएमजी’ ग्राहक योजना सिन्धुलीमाढीमा




राजन गाउँले
सिन्धुली ३१, जेठ । नेपाल न्यूज नेटवर्क इन्टरनेश्नल प्रालिद्धार प्रकाशीत अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको ‘अन्नपूर्ण पोष्ट ओएमजी’ ग्राहक योजना सिन्धुलीमाढीमा अभियानका रुपमा आइपुगेको छ ।
ग्राहकको हातहातमा मोवाइल सहित साप्ताहीक, मासिक र बम्पर उपहार योजना सहित ‘नपर्नेत कुरै छैन’ भन्दै प्रालिले ग्राहक योजना लिएर सिन्धुलीमाढी आइपुगेको हो । प्रालिका मार्केटीङ संयोजक विरेन्द्र शाहको नेतृत्वमा उपहार योजना सहित ग्राहक योजना लिएर सिन्धुलीमाढी आइपुगेको बताइएको छ । मार्केटीङ्ग संयोजक शाहले सिन्धुलीमाढीमा कम्तीमा पाँच सय ग्राहक विस्तार गर्ने योजना सहित अभियानका रुपमा आइपुगेको बताए ।
‘देशैभर आक्रमक रुपमा आफ्नो उपहार योजना सहित बजार विस्तारमा लागेको प्रलिले ग्राहक बन्ने वित्तिकै हातहातमा कलर्सको एक थान मोबाइल, हरेक हप्ता एक जनालाई होम ग्लोरी गिफ्ट ह्याम्पर, प्रत्येक महिना एक जनालाई बजाज कम्पनीको एक थान मोटर साइकल र बम्पर उपहार अन्तरगत चिवन नारयाणगघाट स्थित यज्ञभुमि कोलोनीमा निर्मित साँढे दुई तलाको बंगला प्रदान गर्ने योजना ल्याएको छ,’ शाहले भने ।
 मोवाइल प्रत्यक ग्राहकले हातहातमा पाउँने र अन्य उपहार योजना लक्की ड्र र बम्परबाट वितरण गरीने छ । चारजनाको टिम पाँच दिनसम्म सिन्धुलीमाढीमा रहेर उपहार योजना अनुसार ग्राहक विस्तार गरीने उनले जनाए । ग्राहक योजना अवधि सिमित भएकाले इच्छुकले जिल्ला सदरमुकाम माढी स्थित परजुना स्टेशनरीमा सम्पर्क गेरर वा ९८६०३१२५७५ नम्बरमा सम्पर्क गरेर पनि ग्राहक बन्न सकिने बताइएको छ ।
आक्रमक ग्राहक योजना लिएर देश दौडाहमा निश्केको मार्केटीङ्ग टोली सिन्धुलीमाढीबाट महोत्तरीको बर्दीबास प्रस्थान गर्ने बताइएको छ ।


,

0 comments

Write Down Your Responses