Powered by Blogger.
गायक कृष्ण विक्रमलाई सम्झदै ब्याडमिन्टन प्रतियोगीता


सिन्धुली, १ असार । सिन्धुलीलाई विश्वसामु चिनाउने ऐतिहासीक सिन्धुलीगढी र त्यहि सिन्धुलीगढीको सेरोफेरोमा रहेर ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिन राम्रो दरबार’ बोलको गित गाउने गायक स्वर्गीय कृष्ण विक्रम थापाको स्मृतिमा ब्याडमिन्टन संघ सिन्धुलीले दोश्रो कृष्ण विक्रम थापा स्मृति ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरेको छ । 
उक्त स्मृति प्रतियोगीताको उदघाटन आज एक समारोह बीच प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले गरेका हुन । उदघाटन गर्दै कार्कीले जिल्लाका पुराना श्रष्टाको सम्झनामा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगीताले खेल क्षेत्रको विकाससँगै श्रष्टाको सम्मान र सम्झना समेतमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास ब्यक्त गरे । मानव स्वास्थ्यका लागी खेल अपरिहार्य भएजस्तै श्रष्टाको सम्झना र सम्मान पनि जरुरी रहेको उनको भनाई थियो । 
उदघाटनको क्रममा नेपाली काग्रेसका जिल्ला सचिब दिपक घिमिरे, नेकपा(माओवादी) केन्द्रका खड्ग रजन मगर लगायतले शुभकामना ब्यक्त गरेका थिए । भने चण्डीदल गणका गणपति सुर्य बहादुर अधिकारी, शसस्त्र प्रहरी नायव उपरीक्षक यधु कार्की, कर्मचारी मिलन केन्द्रका कृष्ण देवकोटा लगायतको विशेष उपस्थिती रहेको थियो । 
कृष्णविक्रम थापाको गितले सिन्धुलीको पहिचान बनाइदिएको भएपनि उनको सम्झना र सम्मानमा कसैले ध्यान नदिएको बताउँदै आफुहरुले उनको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष ब्याडमिन्टन प्रतियोगीताको आयोजना गर्ने गरेको ब्याडमिन्टन संघ सिन्धुलीका अध्यक्ष तथा पत्रकार महासंघ सिन्धुलीका पुर्व सभापति मिन कुमार दाहालले बताए । खेल क्षेत्रको विकास मात्र नभएर श्रष्टाहरुको स्मृतिमा पनि खेलाडीहरुले योगदान गर्न आवश्यक रहेको उनको भनाई छ । जिल्लामा अघिल्लो वर्ष मात्र स्थापना भएको ब्याडमिन्टन संघले गत वर्ष पनि प्रतियोगीताको आयोजना गरेको थियो । 
प्रतियोगीतामा सिन्धुली, सर्लाही र महोत्तरीका २८ टिमको सहभागीता रहेको छ । भोली सम्म चल्ने प्रतियोगीतामा प्रथम हुनेलाई रु १० हजार, द्धितियलाई रु ६ हजार र तृतीय हुनेलाई रु ४ हजार नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकले बताएको छ । 
सिन्धुलीगढी घुमेर हेर्दा बोलको गित सवैले गुनगुनाउने भएपनि गायक कृष्णविक्रम थापालाई कसैले सम्झना नगरिरहेको बेला ब्याडमिन्टन संघले प्रत्येक वर्ष प्रतियोगीताको आयोजना गरेर सम्झने क्रम सुरु गर्नु सकारात्मक काम भएको स्थानीयहरुको भनाई छ । 



,

0 comments

Write Down Your Responses