Powered by Blogger.
बनेपा—बर्दिवास सडक आयोजनाले ६२ मिटर जग्गा अतिक्रमण गर्दै

जग्गा किनबेचमा रोक, नगरक्षेत्रमा नक्सापास समेत बन्द, स्थानीय चिन्तीत

राजन गाउँले
सिन्धुली ३१, जेठ । झण्डै २५ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको एक वर्ष नहुँदै यसीयाकै नमुना सडकका रुपमा रहेको वीपी राजमार्गलाई स्तरवृद्धि गर्न थालिएको छ । 
यसकालागि आयोजनाले सडक खण्डको दायाँ बायाँ ६२ मिटर जग्गा अतिक्रमण गर्न थालेको छ । बनेपा बर्दिवास सडक आयोजनाले महोत्तरीको बर्दिवासदेखी काभ्रेको बनेपा सम्मको ९० दशमलव ७५ किलोमिटर खण्डको दायाँ ३१ मिटर र वायाँ ३१ मिटर गरी जम्मा ६२ मिटर सार्वजनीक, निजी तथा सामुदायिक जग्गा अतिक्रण गर्न लागेको बताइएको हो ।
आयोजनाले सम्बन्धित जिल्लाका नगरपालिका र गाविसहरुलाई पत्रचार गर्दै सडकको केन्द्र विन्दुबाट २५ मिटर दायाँ र २५ मिटर बाँयाँ सडकका लागि र त्यसमा ६÷६ मिटर सेट ब्याकका लागि अतिक्रमण गर्ने निर्देशन दिएको हो । उक्त राजमार्ग महोत्तरी, सिन्धुली र काभ्रे जिल्ला भित्र पर्छ । सम्बन्धित जिल्लाका नगरपालिका र गाविसहरुलाई पत्रचार गर्दै सडकको केन्द्र विन्दुबाट २५ मिटर दायाँ र २५ मिटर बाँयाँ सडकका लागि र त्यसमा ६÷६ मिटर सेट ब्याकका लागि अतिक्रमण गर्न निर्देशन भएको कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत जगत भुषाले बताए ।
आयोजनाले गत चैत्र २६ गते कमलामाई नगरपालिका सिन्धुलीलाई पत्र लेखेर वीपी सडकको दयाँबाँयाँ ३१ मिटर क्षेत्रभित्र कुनै पनि घरजग्गा किनवेच र नयाँ भौतिक संरचना निर्माण गर्न रोक लगाउन भनेको समेत उनको भनाई छ ।
उक्त सडकमा आयोजनाले यस अघि सडकको केन्द्र विन्दुबाट दाँया बाँया १५÷१५ मिटर र सेटब्याकका लागि ६÷६ मिटर अतिक्रण गरिएको थियो । त्यस बेला आयोजनाले सडकको १५ मिटर दयाँ वायाँका अतिक्रमित निजी घर जग्गाको मात्र मुआब्जा वितरण गरेको भएपनि अव थप अतिक्रमण गरीने निजी घरजग्गाको मुआब्जा दिने नदिने केही उल्लेख छैन् ।
उनले भने, ‘आयोजनाले महोत्तरी जिल्लाको बर्दिवासदेखी काभ्रेको बनेपा सम्मको ९० दशमलव ७५ किलोमिटर खण्डमा सडक केन्द्र विन्दुबाट दयाँ वायाँ २५÷२५ मिटर र सेटब्याकका लागि ६÷६ मिटर जग्गा नियन्त्रणमा लिन भनेको छ । ति घर जग्गाको मुआब्जाको विषयमा केही भनिएको छैन् ।’ 
जग्गा किनबेचमा रोक 
आयोजानाले सकड दायाँ बायाँका कुनै पनि घर लगायतका भौतिक संरचना निर्माणका लागि अनुमति तथा नक्सा पास गर्न समेत रोक लगाउन भनेको छ । उक्त सडककालाई २०५४ सालमै राजमार्गका रुपमा वर्गीकरण गरिएको थियो । २०५४ साउन २८ गते वीपी सडकलाई राजमार्गका रुपमा घोषणा गरीएको राजपत्रमा उल्लेख छ । भुषालले भने, ‘झण्डै १९ वर्षपछि राजपत्रमा जारी गरीएको सूचना र सडक वर्गाीकरण निर्देशीका अनुसार सडक आसपासको् जग्गा नियन्त्रण्का लागि आयोजनाले पत्रचार गरेको हो ।’ 
सडक वर्गीकरण अनुसार राजमार्गले केन्द्र विन्दुबाट दायाँबायाँ २५÷२५ मिटर र सेटब्याकका लागि ६÷६ मिटर गरी दायाँ ३१ र वायाँ ३१ मिटरगरी जम्मा ६२ मिटर जग्गा अतिक्रमण गर्ने गरिएको छ । फिडर सडकका लागि सडकको केन्द्र विन्दुबाट १५÷१५ मिटरगरी ३० मिटर र जिल्ला सडकका लागि केन्द्र विन्दुबाट १०÷१० मिटर जग्गा अतिक्रमण गरीन्छ  । 
नगरक्षेत्रमा नक्सापास समेत बन्द 
आयोजनाको निर्देशन पछि नगरपालिकामा गत बैशाख १५ गतेबाटै वीपी राजमार्ग दायाँ वायाँको निजी जग्गामा भौक संरचना निर्माणका लागि अनुमति दिन र घर बनाउँनका लागि नक्सापास गर्न समेत रोक लगाइएको कमलामाई नगरपालिकाका योजना अधिकृत विनोदबाबु खकुरालले जनाए । 
नगरपालिकाले विद्यमान सडकको ९÷९ मिटर दायाँ बायाँको घरजग्गाको नगरपालिकाले नक्सा पास गर्र्दै आएको थियो । नगरपालिकाले २०५६ सालबाटै वीपी सडकको २१ मिटर भित्रका जग्गामा नक्सा पास गर्दै भौतिक पूर्वाधारनिर्माणमा अनुमति दिँदै आएको थियो । तर, आयोजनाको पत्रपछि झण्डै आधादर्जन सेवाग्राहीले घर निर्माणका लागि ल्याएको नक्सा रोकेको खकुराको भनाई छ । 
स्थानीयमा चिन्ता
२०५४ साउन २८ गते वीपी सडकलाई राजपत्रमा सूचना प्रकाशन गर्दै राजमार्गका रुपमा घोषणा गरे अनुसार बर्दीवास—बनेपा सडक आयोजनाले थप सडक अतिक्रमण गर्ने भनेपछि चिन्तीत भएका छन् । वीपी राजमार्ग दायाँबायाँका घरजग्गा धनीहरुले ३१÷३१ मिटरको हिसावले ६२ मिटर छाड्नु पर्ने भएपछि चिन्ता व्यक्त गरेका हुन् । सडकका छेउमा चार धुर पाँच धुर हुनेहरुको सबै घर जग्गानै सकिने भएपछि आफुहरु सुकुम्बासी बन्नु पर्ने अवस्था आएको उनिहरुको भनाई छ । आफुहरु पिडित हुने भन्दै उनिहरुले जग्गा अतिक्रण गर्दा उचित मुआब्जा दिनु पर्ने माग समेत गरेका छन् । 
अतिक्रमण गर्दा उचित मुआब्जा र विस्थापीतलाई उचित स्थानमा स्थानान्तरण गरे घर जग्गा छाड्न सकिने भएपनि अन्यथा आयोजनाको पत्रकै भरमा कुनै हालमा जग्गा अतिक्रमण गर्न नदिने शान्ता पाख्रीनले बताईन् । उता हेटौडा—गाइघाट—चतरा सडक पनि वीपी राजमार्गसंग जोडीएकाले त्यस आसपासमा समेत कति जग्गा अतिक्रमण हुने भन्नेमा नगरपालिका अन्यौलमा परेको छ । ‘वीपी राजमार्ग निर्माण सुरु हुँदाको निर्णय निर्माण सम्पन्न भएपछि झण्डै १९ वर्षपछि आएको छ । हेटांैडा—चतरा सकडकको पनि के निर्णय छ जानकारी छैन् । ‘अहिले हाम्रै तरीकाले भौतिक संरचना निर्माणको अनुमति दिँदा पछि फेरी समस्या होला,’ कार्यकारी अधिकृत भुषाले थपे । उनले उक्त आयोजनासंग समेत जवाफ माग गरेको जनाए । हाल त्यस सडक आसपासमा समेत नक्सा पासमा नगरपालिकाले रोक लगाएको छ ।


,

0 comments

Write Down Your Responses