Powered by Blogger.
आजबाट वीपी राजमार्गमा ‘टाइम कार्ड’


सिन्धुली १, असार । देशैभर यातायात ब्यावसायीहरुको सिन्डीकेट जारी रहेका बेला जिल्ला स्थित वीपी राजमार्गमा सञ्चालन हुने यातायातका साधनमा भने स्थानीय प्रशासनले बुधबारबाट ‘टाइम कार्ड’ लागु गरेको छ ।
वीपी राजमार्ग अन्तरगत भिमानदेखी दुम्जासम्मको ९५ किलोमिटर सडक खण्डमा सञ्चालन हुने यातायातका साधनहरुमा ‘टाइम कार्ड’ लागु गरिएको हो । तिब्र गतीका कारण राजमार्गमा सडक दुर्घट्ना बढ्दै गएको निष्कर्ष सहित ‘टाइम कार्ड’ लागु गरिएको सिन्धुलीका प्रहरी उपरिक्षक उमाशंकर पञ्जियारले बताए ।
उनले भने, ‘सिन्धुली जिल्ला भर पर्ने वीपी राजमार्गको कमलामाई नगरपालिका १० स्थित भिमान देखी काभ्रेको सिमाना नजीक कुशेश्वर दुम्जाको नेपालथोकसम्म अनिवार्य निर्धारीत टाइममा सवारी सधान सञ्चालन गर्नु पर्ने नियम सुरु भएको छ ।’
टाइमकार्डका आधारमा तिब्रगतीमा सवारी चलाएर छिटो पुग्ने देखी धेरै समय बाटोमा यात्रु कुरेर बस्दा अन्य यात्रुलाई सास्ती दिने दुबै सवारी साधानलाई कारबाही गरीने बताइएको छ । साना तथा ठुला सवारी साधनका लागी छुट्टाछुट्टै टाइम कार्ड ब्यवस्था गरिएको छ । 
वीपी मार्गको यो खण्ड प्रयोग गरी हिड्ने बस, बोलेरो, हायस, ढुवानीका साधन तथा निजी सवारी साधनले उक्त टाइम कार्डको प्रयोग र पालना गर्नुपर्ने ब्यवस्था सुरु भएको हो । 
टाइम कार्डको चेक इलाका प्रहरी कार्यालय भिमान, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी खनियाखर्क, इलाका प्रहरी चौकी खुर्कोट, प्रहरी चौकी झारा र प्रहरी चौकी दुम्जामा हुने ब्यवस्था थालनी गर्न लागिएको प्रहरी कार्यालयले जनाएको छ । 
पूर्व धरानदेखी तराईका जिल्लाबाट राजधानी काठमाण्डौं भित्रने र बाहिरीने छोटो दुुरीका रुपमा रहेको राजमार्गमा अत्याधिक सवारी साधनको चाप बढेपछि दैनिक एक दर्जनसम्म दुर्घट्ना हुने गरेका थिए । कतिपय सवारी साधनले यात्रुहरुलाई दुःख दिएर आवश्यक भन्दा धेरै समय कुराउने, तिब्र गतीमा सवारी चलाउने गर्दा नागरीकलाई सास्ती हुनुका साथै उनिहरुको जिवन समेत जोखीममा परेकोले टाइम कार्डका आधार सवारी चलाउने व्यवस्था गरिएको बताइएको छ । 
आज भिमानमा एक औपचारीक कार्यक्रम गरी ‘टाइम कार्ड’ को सुरुवात गरिएको हो । मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक इश्वरी चापागाईले सवारी चालकलाई कार्ड प्रदान गरेर सुरुवात गरेका हुन । कार्यक्रममा प्रहरी उपरीक्षक उमासंकर पंजीयार, ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका इन्चार्ज बद्रि प्रसाद पुडासैनी, यातायात व्यवसायीका जनकपुर अञ्चल इन्चार्ज कान्छामान बल लगायतको उस्थिती रहेको थियो । 


,

0 comments

Write Down Your Responses