Powered by Blogger.
भुकम्पले धाजाँ फाटेको जमिन धमाधम बग्न थाले

राजन गाउँले
बसेरी (भुवनेश्वरी—सिन्धुली) ३१, जेठ । आकाशमा कालो बादल मडारीनासाथ भुवनेश्वरी—८, बसेरीका झिल्के सार्कीको परिवार अहिले छिमेकको टहरोमा छन् । गत शुक्रबार आएको वर्षाले पाखै बगाएर ल्याउँदा सार्कीको अस्थायी टहरो समेत बगाएपछि सार्की परिवार छिमेकीकोमा सरणमा पुगेका हुन्् । 
सार्कीको जस्तै भुकम्पका कारण धाँजा फाटेको पाखो बगेर आउँदा बसेरीका चार घर बगेका छन् । ६ घर पहिरोको उच्च जोखीममा छन् । पहिरोको जोखीममा रहेका घर परिवार अस्थायी टहरोबाट पनि विस्थापीत भएका छन् । स्थानीय अगुवा गौरव कार्कीका अनुसार बसेरीका झिल्के सार्की, जितमान माझी, नारयणा घिमिरे र रमेश घिमिरेको घर बस्ति माथीबाट बगेर आएको पाखोको पहिरोले बगाएर क्षेती पु¥याएको छ । शंसेर सार्की, निराजन घिमिरेलगायत ६ घर उच्च जोखीममा छन् । 
उनिहरु भुकम्पका कारण अस्थायी टहरोमा बस्दै आएका थिए । अस्थायी टहरोमा पनि पहिरो बग्न थालेपछि त्रासका माझँ विस्थापीत भएर बसेका छन् । ‘एक वर्षदेखी अस्थायी टहरोमा बसेका थियौं । फेरी अर्को बज्रपात आइलाग्यो । पानीसंगै पाखो बगेर आउँदा अस्थायी टहरो पनि बगाएर लग्यो । अहिले बस्ने बास पनि रहेन,’ पहिरो पिडित झिल्के सार्कीले भने ।
कहिलै नबग्ने बस्तीमाथीको पाखो एक्कासी बगेर आएको पहिरोले बगाएर अस्थायी टहरोलाई सुनकोसी नदीमा मिसाइदिएको उनको भनाई छ । गत वर्षको भुकम्पका कारण गाउँमाथीको बस्ती पुरै धाँजा फाँटेको छ । अहिले आकाशमा कालोबादल मडारीन थालेपछि उनको परिवार रातभर जाग्राम बस्छन् । भुकम्पले धाँजा फाटेको पुरै गाउँ थप वर्षा भए बग्ने त्रास बढेपछि सार्की परिवारमा अत्यास बढेको छ ।
‘एकातिर भुकम्पका कारण अस्थायी टहरामा कष्ठपुर्ण जिवन विताउँनु छ । अर्का तिर बस्ती नै बगाउँने गरी पहिरो बग्न थालेको छ,’ अर्का पिडित नारायण घिमिरेले भने, ‘अस्थायी टहरोमै बसौं कतिबेला पहिरोले सुनकोसीमा मिसाउने हो थाहा छैन् । अन्त जाउ,ँ जाने ठाउँ छैन् । पानी पर्न थालेपछि दिउँसो छिमेककोमा बस्छौं । रातमा रातभर जाग्राम बस्छौं ।’
जिल्लाको भिमेश्वर गाविस—४,आँधिसराका दलित वस्तिको पनि उस्तै हालत छ । भुकम्प पछि पहिरोको उच्च जोखीम भएको बन्दै स्थानीय सात घर सार्की परिवार विस्थापीत भएको एक वर्ष भयो । तर पनि, वर्षा सुरुभएसंगै भुकम्पले धाँजा फाँटेको बाराभन्ञ्याङ सल्लेनी पाखै बग्न थालेपनि त्यसमुनी बसेका ३० घर परिवार रामनाम जपेर दिन रात काट्न बाध्य छन् । स्थानीय दुण्डीराज बर्देवाका अनुसार पहिरोले सातघर विस्थापीत हुनुका साथै अन्य ३० घर उच्च जोखीममा छन् । भुकम्पका कारण रिचाचिरा भएर धाँजा फाटेको बाराडाँडो बग्न थालेको छ । ‘त्यहाँ अहिले ठुलो पहिरो गएको छ । पहिरोबाट लडेको ढुङ्गाले विस्थापीतको घरमा क्षेती पु¥यएको छ । अलिठुलो वर्षा भए सिङ्गैबस्ति बगाउने खतरा छ,’ उनले भने ।
भुकम्प लगत्तै जोखीम बस्तिको निरीक्षणका लागि आइपुगेको संसदिय समितिले समेत उक्त बस्तिलाई पहिरोको उच्च जोखीममा रहेको जनाएको थियो । तर, अहिलेसम्म जोखीम युक्त बस्तिका सात घर परिवार बाहेक अन्य परिवारी सुरक्षित स्थानमा स्थान्तरण हुन सकेका छैनन् । अन्त जाने ठाउँ छैन् । बस्नलाई त्रास छ । धमाधम वर्षा सुरु हुँदै छ कतिवेला पहिरोले ज्यान लाने हो भन्दै पिडितहरुले सुरक्षित स्थानको खोजि गरदिन माग गरेको भिमेश्वरको गाविस सहायक प्राविधिक गुणराज चौलागाईले जनाए ।
‘पिडितहरुले बस्तीलाई कि सुरक्षित छ भन्नु प¥यो । कि सुरक्षित स्थानमा सारी दिनु प¥यो । भुकम्प पछि पनि दिनरात त्रासैत्रासमा बस्नु परेको भन्दै माग गरेका छन्,’ चौलगाँईलेभने ।
भुकम्प पछि जिल्लाको भुवनेश्वरी, भिमेश्वर, जलकन्या, कपिलाकोट, मझुवा, झाँगाझोली, दुम्जा, नेत्रकाली, बस्तिपुर, तामाजोर, हरिहरपुरगढी, पोखरी, वितिजोर, डुढभन्ञ्याङ, खाङ्साङ, रत्नावतीलगायतका एक दर्जनबढी गाविसहरु पहिरोको उच्च जोखीममा छन् ।
यी गाविसहरुका विभिन्न वस्तिहरु भुकम्प पछि पहिरोको जोखीममा रहेको अध्ययनले देखाएको थियो । तर, ति वस्तिहरु भुकम्प गएको एक वर्ष पुरा हुँदासम्म सुरक्षित स्थानमा सार्न सकिएको छैन् । जसका कारण यस वर्षको वर्षाले दर्जनौ बस्ति बगाउने खतरा रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । घरलाईनै आधाँ चिरा बनाएर झण्डै एक किलोमिटर बस्ति धाँजा फाटेपछि पहिरोको त्रास सिर्जना भएको कपिलाकोट कात्तिके खलङ्गाका टेकबहादुर रानामगरको भनाई छ । बस्तिनै बग्ने गरी जमिन चिरिएकाले वर्षा लाग्दै जाँदा मनमा त्रास बढ्दै गएको उनि बताउँछन् । 
‘भुकम्पलेत केही बाँकी राखेन । अस्थायी टहरोमा बसेको जमिन पनि सुरक्षित छैन् । एक वर्षदेखी न दिनमा भोक, न रातमा निद्रा भएका छौं,’ रानागमरले गुनासो सुनाए । खलङ्गामा भलण्डै ४० परिवार बस्छन् । डाडाँ पुरै चिरापरेपछि यस पटकको वर्षामा बस्ति रहने होकी हैन भन्ने उनिहरुमा चिन्ता थपीएको छ । सरकारले पुनर्निर्मााण्का लागि रकम दिने भनेपनि अहिलेसम्म उनिहरुले पाउन सकेका छैनन् । रकम कहिले पाउने हो त्यो कुनै ठेगान छैन् । ‘पाएपनि कहाँ गएर घर बनाउने हो भन्ने कुनै सुरक्षित स्थानको टुङ्गो छैन् । आफु जाने ठाउँ छैन् । सरकारले एक वर्षदेखी सुरक्षित स्थान देखाउन पनि सकेन्,’ उनले भने । जिल्लामा ३४ हजारले पुनर्निर्माणका लागि अनुदान पाउने प्राधिकरणले जनाएको छ । तर, अनुदानका लागि एक हजार एक सय परिवासंगमात्र सम्झौता भएपनि एक जनाले पनि जिल्लामा रकम पाउन सकेका छैनन् ।
जिल्लाको जलकन्या गाविसको पनि सिस्ने पाखो बग्न थालेको छ । २०४१ सालमा उक्त पाखो बग्दा गाउँका सयौ घर बगाएको थियो । त्यस यता निरन्तर पहिरो बगीरहेको सिस्ने पाखो गत वर्षको भुकम्प पछि थप जोखीम बनेको छ । उक्त पहिरो बगे गाविसको सात वटा वडा प्रभावित हुने स्थानीय बताउँछन् । मझुवा गाविसको ३ र ६ नम्बर वडापनि पहिरोको उच्च जोखीममा छ । भुकम्पले चिरा चिरा भएको जमिनमा पहिरो बग्न थालेपछि त्रासमा बस्नु परेको मझुवा—६ धोद्रेका जंगबहादुर पुलामी बताउँछन् । 
आफुहरु एक पछि अर्को विपत्तिको सामाना गर्दै आएपनि सरकारले भुकम्प पिडितहरुलाई विर्सदै गएको उनको गुनासो छ । ‘सरकारले एक वर्ष अघिनै जोखीम युक्त बस्तिलाई सुरक्षित स्थानमा सार्ने र पुनर्निर्माणका लागि अनुदान दिने भने पनि हालसम्म न पुनर्निर्माणको रकम पाइयो । न सुरक्षित स्थाननै देखाई दियो,अव फेरी बाढी र पहिरोको सामना गर्न बाध्य हुनु पर्ने भयो,’ उनले भने ।


,

0 comments

Write Down Your Responses