Powered by Blogger.
सिन्धुलीका १ सय ८ विद्यार्थीको ए प्लस ग्रेड


१ सय २९ परीक्षार्थी डि ग्रेडभन्दा तल 
सिन्धुली, ४ असार । प्रवेशीका परीक्षा २०७२ मा सहभागी जिल्लाका नियमित तर्फका कुल ५ हजार ९ सय २९ विद्यार्थी मध्ये १ सय ८ जना विद्यार्थी ए प्लस ग्रेडमा उर्तिण भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ । 
कार्यालयका अनुसार जिल्लामा ए ग्रेडमा २ सय ७५ जना, बिप्ल्स ग्रेडमा २ सय ७२, बि ग्रेडमा ८ सय १ विद्यार्थी उत्र्तिण भएका छन । त्यस्तै सीप्ल्समा १ हजार ६ सय ४९, सी ग्रेडमा १ हजार ८ सय ४४, डिप्लस ग्रेडमा ७ सय ८७, डि ग्रेडमा ६६ विद्यार्थी उत्र्तिण भएका छन भने बाँकी १ सय २९ परीक्षार्थी त्यसभन्दा तल्लो ग्रेडमा परेका छन ।
ग्रेडिङ्ग सिस्टममा परीक्षाको नतिजा आएकाले एक्जाम्टेड विद्यार्थी र कुन विद्यालयबाट सहभागी कति विद्यार्थीहरु कुन कुन ग्रेडमा उत्र्तिण भए भन्ने तथ्याकं निर्माणमा ढिलाई भएको कार्यालयले जनाएको छ । 
२०७२ को प्रवेशीका परीक्षामा दुई प्राविधिक, एक खुल्ला र १२६ मावि सहित कुल १२९ माविका ८ हजार ७ सय ९ जना परीक्षार्थीहरु सहभागी भएका थिए । अघिल्लो २०७१ सालको एसएलसी ७ हजार ७ सय २३ परीक्षार्थी मध्ये ३१ प्रतिशत अर्थात १ हजार ८ सय ६० विद्यार्थी उत्र्तिण भएका थिए । 


,

0 comments

Write Down Your Responses