Powered by Blogger.
विपन्न महिलाहरुलाई सिप मुलक तालिम



नविनबावु अधिकारी 
सिन्धुली, असार ४ । सिन्धुलीमा विपन्न महिलालाई सिपमुलक आय आर्जन सम्बन्धि ५ दिने तालिमको आयोजना गरिएको छ । कृषि ब्यवसाय गरिरहेका विपन्न महिलाहरुको आय स्तर उकास्न सहयोग पुरयाउने उद्धेश्यले सिपमुलक तालिमको आयोजना गरिएको हो । 
कमलामाई नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तरगत जिल्लामा पहिलो पटक नागरिक सचेतना केन्द्रका प्रतिनिधी गरी ३६ जनालाई तालिम दिन लागिएको कमलामाई नगरपालीका सिन्धुलीका प्रमुख जगत भुषालले जानकारी दिए । नगरपालीकामा कृषि, पशु र माछा पालन गरेका विपन्न बर्गलाई व्यवसायिक बनाउने उद्धेश्यले तालिम आयोजना गरिएको र तालिममा कृषि, पशु र माछापालन विज्ञहरुलाई वोलाईएको उनको भनाई छ । 
शुक्रबारदेखी सुरु भएको ५ दिने तालिममा पुरानै तरिकाले कृषि व्यवसाय गरेका किसानलाई आधुनिक तवरको तरिका, रोग लाग्दा गर्ने उपचारसंगै बजारीकारण र उन्नत जातका बारेमा ज्ञान दिने कार्यालयको लक्ष्य रहेको छ । पशुको व्यवस्थापन र गरेको व्यवसायलाई उपलब्धिमुलक बनाउन आयोजना गरिएको तालिममा सहभागिहरुलाई ज्ञान हासिल गरि आधुनीक तवरको कृषि व्यवसाय गर्न नगर प्रमुख भुषालले आग्रह गरे । 
तालिममा सहभागी भै सकेकाले आफना नागरीक सतेना केन्द्रका साथीहरुलाई सिकेको सिप बाड्ने र व्यवसाय गर्ने तौल तरिकामा समेत परिवर्तन आउने कार्यालयको अपेक्षा रहेको छ । साथै ५ दिने तालिममा महिला स्वास्थ्य प्रजनन् सम्बन्धि जानकारी पनी गराईने बताईएको छ । 


,

0 comments

Write Down Your Responses