Powered by Blogger.
कार्यालय प्रमुखलाई किरा र रोग लागेका बिरुवा प्रदान



नबिनबाबु अधिकारी
सिन्धुली, असार ५ । सिन्धुलीको डुडभञ्ज्याङ गाउँ विकास समितिका किसानले जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुखलाई किरा र रोग लागेका विरुवा संकलन गरेर दिएका छन् । 
गाउँमा कृषि सम्बन्धि कार्यक्रम लिएर पुगेका कृषि विकास अधिकृत होमराज विष्टलाई स्थानीय किसानले किराको निदान र विरुवाको रोग पत्ता लगाइदिन आग्रह गर्दै किरा रोग लागेको विरुवा दिएका हुन । 
जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अफ्नै गाँउमा आउने सुनेपछि समस्या सुनाउन स्थानीय किसानलाई हतारो थियो । कार्यालय प्रमुख विष्ट पुग्ने वित्तिकै स्थानीय किसानले भने “ लौ न हाकिम साव यो तरकारी बालीमा लाग्ने रोग र किराको अन्त्य गरिदिनु परयो, हामीले जती उपाए अप्नाएपनि तरकारी फलाएर उचित आम्दानी लिन सकेनौ, यो समस्याको समाधान गरिदिनु परयो ।”
कार्यालय प्रमुखको हातमा स्थानीय किसान नारन सुनुवारले तरकारी वालीमा लाग्ने किरा सिसिमा संकलन गरेर दिए । साथै उनले रोग लागेर मरेका र मर्नलागेका विरुबा देखाउदै समस्या समाधानको उपाय बताईदिन आग्रह गरे । बल्ल तल्ल तरकारी लगायो किराले उभो लग्न दिदैन दिउँसो भरी बोट विरुवा रुघेर बस्यो राती आएर खान्छ, दिन रात किरा मार्दै समय वितेको किसान सुनुवारको दुखेसो थियो । 
सिचाईको व्यवस्था नहुदा राती १० वजे देखी विहान ४ बजे सम्म खाने पानीलाई तरकारीका वोट विरुवामा सिचाई गर्ने गरेको उनले बताए । किराले सवै तरकारी वालीमा क्षती पुरयाएको र सिमि, खोर्सानी, वोडी, फर्सीका विरुवा देखी फल्ने वेलामा रोग लागेर ओइलाउने गरेको किसानले दुःखेसो पोखे । आफुहरुलाई तालिमको अभाव भएको भन्दै आवश्यक तालिम प्रदान गरिदिन समेत किसानहरुले आग्रह  गरे । 
यस्तै पोखरी गाउँ विकास समितिका स्थानीय किसान शंकर भण्डारीले डुढभञ्ज्याङ र पोखरी गाविसका किसानलाई सेवा केन्द्र पायक नभएको भन्दै सेवा केन्द्रलाई पायक पर्ने स्थानमा सार्न माग गरे । दुई गाविस सुचनाको पहुँचबाट बञ्चित हुँदा, सेवा केन्द्र नजिक नहुदा अहिले सम्म किसानलाई पाउने सेवा सुविधाबाट बञ्चित भएको भण्डारीको भनाई थियो । आफुहरु कार्यालयमा पुग्दा तत्काल सहयोग र विऊ विजन नपाइने र खुले पछि आउनु भन्ने कार्यालयको जवाफ आउने र पछि फेरी जादा वितरण भै सकेको उत्तर आउदा आफुहरु कृषि विकास कार्यालयबाट पाउने सेवा सुविधा बाट बञ्चि भएको समेत उनले बताए । 
किसानका जायज मागलाई संवोधन हुने गरी अव कृषि विकास कार्यालय सिन्धुली लाग्ने बताउदै बरिष्ठ कृषि विकास अधिकृत होम राज विष्टले संकलन भएका किरा र विरुवालाई ल्यावमा परिक्षण गरेपछि मात्र समाधान खोज्न सकिने बताए । डुडभञ्ज्याङ र पोखरी गाविसका किसानलाई कृषि सेवा केन्द्र पाएक पर्ने स्थानमा नभएको भन्दै अव सरकारले ल्याएको एक गाविस एक प्राविधिकको अवधारणामा यि गाविसलाई पाएक पर्ने गरी कृषि प्राविधिक खटाउने उनले विश्वास दिलाए । 


,

0 comments

Write Down Your Responses