Powered by Blogger.
हर्षाही गाविस निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता घोषणा




सिन्धुली, ६ असार । जिल्लाको हर्षाही गाविसलाई आइतबार एक समारोह बीच निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा सुनिश्चित गाविसको रुपमा घोषणा गरिएको छ । 
घोषणासभालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै जिल्ला शिक्षा अधिकारी बद्रि पाठकले अभियानलाई प्रभावकारी रुपमा सम्पनन् गर्न सहयोग गर्ने सवैपक्षलाई धन्यवाद दिर्दै गुणस्तरीय शिक्षाका लागी शिक्षक, विद्यार्थी र अभिभावक लगनशिल भएर लाग्न आवश्यक रहेकोमा जोड दिए ।
गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाविस सचिब गुमानसिंह खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका जिल्ला नेता माणिक ढकाल, नेकपा(एमाले)का नेता तथा पुर्व जिविस सभापति हेम बहादुर लामा, प्लान नेपाल सिन्धुलीकी प्रमुख चन्दा प्रधान, हेन्डस् नेपाल सिन्धुलीका अध्यक्ष बासु अधिकारी लगायतले शुभकामना मनतव्य राखेका थिए । 
१ हजार १ सय ५ घरधुरी रहेको उक्त गाविसका ५ वर्ष देखी १२ वर्ष सम्मका वालवालिकाहरु विद्यालय बाहिर नरहेको जनाइएको छ । गाविसमा १ उमावि, १ निमावि र २ प्राथामिक विद्यालयहरु सञ्चालनमा रहेका छन । 
हर्षाहि गाविस सँगै चालु आर्थिक वर्षमा निशुल्क तथा आधारभुत शिक्षा सुनिश्चितता घोषणा भएका गाविसको संख्या सात पुगेको छ भने अभियान अन्र्तगत जिल्लाका १५ गाविस घोषणा भईसकेको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ । 
जिल्ला शिक्षा कार्यालय, प्लान इन्टरनेशनल नेपाल र हेन्ड्स नेपाल सिन्धुलीको सहयोगमा गाउँ शिक्षा समितिले गाविसलाई  निशुल्क तथा आधारभुत शिक्षा सुनिश्चितता गाविसको रुपमा घोषणा गरेको हो । 



,

0 comments

Write Down Your Responses