Powered by Blogger.
अप्रेशन पुर्ननिर्माण अभियान–१ मा नेपाली सेना

सिन्धुलीमा  ४८ परीवारका लागी सामुहिक आवास भवन 

बुद्धकुमार आछामी 
सिन्धुली, ६ असार । नेपालमा गएको २०७२ वैशाख १२ र २९ गतेको बिनासकारी भुकम्प पछि नेपाली सेना भुकम्प पिडितहरुको पक्षमा निक्कै क्रियाशिल भएर लागेको छ । बिनासकारी भुकम्प लगत्तै अप्रेशन संकटमोचन सञ्चालन गरेर पिडितहरुको उद्धार तथा राहत कार्यमा खटिएको नेपाली सेनाले हाल अप्रेशन पुर्ननिर्माण–१ अभियान सञ्चानल गरीरहेको छ । 
सोहि पुर्ननिर्माण अभियान अन्र्तगत सिन्धुलीमा रहेको नेपाली सेना चण्डीदल गणले जिल्लाको कमलामाई नगरपालिका–९ ढुग्रेबास, बासेश्वर गाविस–३ बलेनी र बितिजोर गाविस–२ बगैचामा दुई दुई गरी जम्मा ६ वटा सामुहिक आवास भवनको निर्माण कार्य तिव्र गतिमा गरीरहेको छ । 
आवास कोठा, ट्वाइलेट, बाथरुम, किचन र सौय उर्जा सहितको ब्यवस्था हुने उक्त आवासमा एउँटा भवनमा ८ परीवार बस्न सक्ने छन । निर्माण हुँदै गरेको ६ वटा स्टील बडि भुकम्प प्रतिरोधी भवनमा ४८ परीवार अट्ने चण्डीदल गणका गणपति सुर्य बहादुर अधिकारीले बताए । 
उनले भने, ‘अहिले नेपाली सेनाको अप्रेशन पुर्ननिर्माण अभियान–१ अन्र्तगत गणका तिन सय जनशक्तिको परीचालन गरी सामुहिक आवास निर्माणको काम तिब्र गतिमा भईरहेको छ ।’ जेठ २० गतेबाट निर्माणको काम सुरु गरिएको र तिनवटै स्थानका भवनहरु असार १० गते सम्म दैविप्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिने अधिकारीले बताए । ६ वटा भवनको निर्माणमा झण्डै १ करोड खर्च हुने उनले अनुमान छ । 
बर्खा सुरु भइसकेको अवस्थामा नेपाली सेनाले निर्माण गरेको उक्त सामुहिक आवासले स्थानीय भुकम्प पीडितहरुमा मलमपट्टी लागउन सहयोग पुग्ने विश्वास गरिएको छ । पुर्न निर्माण अनुदानकै पर्खाइमा टहरामा बसीरहेका पिडितहरु बर्खा सुरु सँगै समस्यामा पर्न थालिसकेको अवस्थामा नेपाली सेनाले बनाईदिएको सामुहिक आवासमा उपयोगी हुने बासेश्वर गाविसका स्थानीय धुर्ब आछामीले बताए । 
बिनासरकारी भुकम्प पछि पिडितहरुको उद्धार, राहत तथा पुर्नस्थापनामा निक्कै क्रियाशिल नेपाली सेना चण्डीदल गणले जिल्लामा ३ वटा विद्यालय भवन र २ हजार ३ सय ५५ घरटहराहरुको निर्माण गरिसकेको जनाएको छ । 
पुर्ननिर्माण अभियान अन्र्तगत भुकम्प प्रभावित ११ जिल्लाका ३६ स्थानमा ३ सय ६८ परीवारका लागी नेपाली सेनाले सामुहिक आवास निर्माणको जिम्मा पाएको नेपाली सेनाले बताएको छ । 
तस्वीरः कनपा ९ ढुग्रेबासमा सामुहिक अावास  निर्माणकाे काम गर्दै नेपाली सेना चण्डीदल गणका जवानहरू । फाेटाेः राजन गाउँले । 




, ,

0 comments

Write Down Your Responses