Powered by Blogger.
सिन्धुलीको खाङसाङमा शान्तिको खोजी

द्धन्द्धकालीन पुनर्निर्माणको अनुगमन

सिन्धुली ६, असार । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले द्धन्द्धकालीन घट्नाका विषयमा छानविन गर्न पिडितहरुबाट उजुरी संकलन थालेका बेला जिल्लाका द्धन्द्ध पिडितहरुसँग छलफल थालिएको छ । 
स्थानीय शान्ति समिति, सिन्धुलीको पहलमा गाउँगाउँका द्धन्द्ध प्रभावित तथा सरोकारवाला निकाय विच द्धन्द्ध व्यवस्थापन, स्थायी शान्ति र दिगो विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल थालिएको हो ।
स्थानीय शान्ति समिति सिन्धुलीको आयोजनामा जिल्लाका गाविस तथा नगर स्तरीय शान्ति समिति र द्धन्द्ध पिडितहरु विचमा यस्तो छलफल थालिएको हो । द्धन्द्धकालीन मुद्धा त्यस पछिको शान्ति प्रक्रिया तथा विकासका विषयमा अनुशिक्षण थालिएको स्थानीय शान्ति समिति सिन्धुलीकी सचिव गिता घिमिरेले जनाइन् । उक्त कार्यक्रम अन्तरगत आइतबार जिल्लाको खाङसाङ गाविसमा गाविस स्तरका सरोकारवालहरुसँग छलफल गरीएको उनको भनाई छ । 
छलफलमा स्थानीय शान्ति समितिका पदाधिकारी, गाविस सचिव तथा द्धन्द्ध प्रभावितका साथ जिल्ला स्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुखको सहभागिता रहेको थियो । स्थानीय शान्ति समिति सिन्धुलीका संयोजक राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बराल, एमाले सिन्धुलीका उपाध्यक्ष प्रलाद पोखरेल, माओवादी केन्द्रका राजन दाहाल, राप्रपाका अशोकराज भण्डारी लगायतले द्धन्द्धका घाउ विस्तारै कम हुँदै गएकाले अव दिगो विकास र स्थायी शान्ति तर्फ सबैले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । 
उनिहरुले  देशमा स्थायी शान्ति ल्याउनका लागि द्धन्द्ध प्रभावितहरु प्रति राज्यले विशेष ध्यान दिँदै उपचार र क्षतीपुर्तीको व्यवस्थापन गर्नु पर्ने बताएका छन् । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले द्धन्द्ध पिडित सबैले ढिलो चाँडो न्याय पाएरै छाड्ने जनाए । पछिल्लो समय राज्यले द्धन्द्धका घाउहरुलाई अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गरेर काम गरी रहेकोले सबैमा त्यसले न्याय गर्ने धारणा राखे । यस्तै प्रहरी उपरिक्षक उमाशंकर पन्जीयारले स्थानीय स्तरमा द्धन्द्ध न्यूनिकरण गर्न स्थानीय तहकै ठुलो भुमिका रहने बताए ।

द्धन्द्धकालीन पुनर्निर्माणको अनुगमन

यसैविच जिल्लामा शान्ति तथा पुनर्निर्माण मन्त्रालयलेको अनुदानमा निर्माण थालीएको द्धन्द्धका क्रममा ध्वस्त संरचनको समेत आइतबार अनुगमन गरीएको छ । जिल्ला स्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय शान्ति समितिका पदाधिकारी, प्राविधिक लगायतको टोलीले निर्माणाधिन र निर्माण सम्पन्न भौतिक संरचनाको अनुगमन गरेको सचिव घिमिरेले बताइन् । 
उनले भनिन्, ‘जिल्ला स्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र शान्ति समितिको टोलीले बाशेश्वर गाविसको गाविस भवन, भुवनेश्वरीको कौशीका उमावि भवन लगायतका भौतिक संरचनाको निर्माण अवस्थाका बारेमा अनुगमन गरीएको छ ।’
समितिले यस अघि जिल्लाको सिर्थौली गाविस स्थित डकाहा, बाशेश्वरको देउरालीटार, सितलपाटीको खाल्टे र कपिलाकोटको छापमा सरोकारवालाहरुसंग द्धन्द्ध व्यवस्थापन, स्थायी शान्ति र दिगो विकासका विषयमा छलफल गरीसकेको छ ।


,

0 comments

Write Down Your Responses