Powered by Blogger.
भुकम्प पिडितले १४ महिना पछि पाए खानेपानी


सिन्धुली, असार ६ । बिनासकारी भुकम्पले खानेपानी आयोजनामा क्षतिग्रस्त बनाएका कारण मार खेपिरहेका पिडितहरुले १४ महिना पछि खानेपानीको सुविधा पाएका छन । 

जिल्लाको दुर्गम खोलागाउँ गाविस बडा नं. १ का १७ घरघुरीले बल्ल खानेपानीको सुविधा पाएका हुन । विनाशकारी भुकम्पले  पुरयाएको क्षतीका कारण १७ घरधुरी चौध महिना सम्म घण्टौ समय खर्चेर खानेपानीको जोहो गर्न बाध्य थिए । विपन्न बस्तिमा खानेपानी मर्मत गर्न पैसाको अभावमा उनीहरुले मुहानमा पानी भएपनि उपभोग गर्न सकेका थिएनन् । 
पिडित परिवारहरुलाई लक्षित गर्दै एक संस्थाले खानेपानी मर्मत र पाईप विछ्याईदिएपछि १७ घरपरिवारले खानेपानीको सुविधा पाएको स्थानीय विष्णु पहाडीले बताए । अस्थायी टहरामा बसीरहेका पिडितहरुलाई खानेपानी नहुदा सरसफाईमा निकै समस्या भएको थियो । 
एन्फोले १ हजार मिटर पाईप दिएको र मुहानसंगै धारा मर्मत गरिदिएपछि खानेपानीबाट बञ्चीत भएका पिडितहरुलाई राहत भएको पहाडीको भनाई छ । भुकम्प पछि धेरै संघ संस्थाहरु मर्मत तथा पुनःनिमार्णमा लागेको भएपनि विकट गाविसमा यस्ता संघ संस्थाहरु नआईपुग्दा समस्या लामो समय सम्म रहने स्थानीयको भनाई छ । 
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) सिन्धुलीका संयोजक मदन पाण्डेले सिन्धुलीका भुकम्प प्रभावित गाविसमा सरसफाई र खानेपानीमा सहयोग गर्दै आएको बताए । जिल्लाका जलकन्या, खोलागाउँ, खाङसाङ, पोखरी लगायत अन्य भुकम्प प्रभावित क्षेत्रमा खानेपानी मर्मत र शौचालय मर्मत गर्न आवश्यक सहयोग गर्दै आएको पाण्डेको भनाई छ । 


0 comments

Write Down Your Responses