Powered by Blogger.
सिन्धुलीमा ६ वर्षमा १ सय ६४ सवारी दुर्घटना


दुर्घटनाबाट ६५ को मृत्यू, २ सय बढी सक्त घाईते 

बुद्धकुमार आछामी
सिन्धुली, ६ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्याङक अनुसार पछिल्लो ६ वर्षमा जिल्लामा साना तथा ठुला गरी कुल १ सय ६४ वटा सवारी दुर्घटना भएको छ । 
जिल्लाको विभिन्न् सडक खण्डमा भएको उक्त सवारी दुर्घटनामा परी ६५ जना चालक तथा यात्रीको मृत्यू भएको भने २ सय २ जना सक्त घाईते भएका छन । त्यस्तै दुर्घटनामा परी सामान्य घाईते हुनेहरुको संख्या २ सय ४५ रहेको तथ्याङकमा उल्लेख छ । 
तथ्याकं अनुसार आर्थिक वर्ष ०६७÷०६८ मा २७ वटा सवारी दुर्घटना भएका थिए भने दुर्घटनामा परी ३६ जनाको मृत्यू भएको थियो भने सक्त घाईते ९० र सामान्य घाईते हुनेको संख्या ७४ रहेको छ भने आर्थिक वर्ष ०६८÷०६९ मा २३ सवारी दुर्घटनामा ४७ जनाको मृत्यू, १७ जना सक्त घाईते र ४३ जना सामान्य घाईते भएका थिए । 
त्यस्तै  आर्थिक वर्ष ०६९÷७० मा भएका २५ सवारी दुर्घटनामा ६ को मृत्यू, ९ सक्त घाईते र २२ जना सामान्य घाईते भएका थिए भने आव ०७०÷७१ मा भएको १८ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यू, २४ जना सक्त घाईते र ४२ जना सामान्य घाईते भएका थिए । 
त्यस्तै आर्थिक वर्ष ०७१÷७२ मा भएको ३८ वटा सवारी दुर्घटनामा २७ जनाको मृत्यू, ४० जना सक्त घाईते र ३८ जना सामान्य घाईते भएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्याङकमा उल्ल्लेख छ । चालु आर्थिक वर्षको जेठ मसान्त सम्म भएका ३३ सवारी दुर्घटनामा १८ को मृत्यू, २२ सक्त घाईते र २६ सामान्य घाईते भएका छन । 
विपी राजमार्ग, मध्यपहाडी राजमार्ग र हेटौडा चतरा राजमार्ग जोडिएको कारण जिल्लामा सवारी चापमा बृद्धिसँगै दुर्घटना संख्यामा समेत बृद्धि हुँदै गएको हो । असार १ गतेबाट विपी राजमार्गमा सवारी दुर्घटना न्यूनिकरण गर्न टाइम कार्डको लागु भएपछि भने चारपाग्रे सवारी दुर्घटना नभएको कार्यालयले जनाएको छ । 
चालु आर्थिक वर्षमा झण्डै ८३ लाख राजश्व संकलन 
चालु आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार ८ सय सवारीहरुको कार्वाहीबाट जेठ मसान्त सम्म ८२ लाख ८६ हजार ६ सय राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख बद्रि प्रसाद पुडासैनीले बताए । 
चालु अर्थिक वर्षमा संकलन गरिएको राजश्व पछिल्लो ६ वर्षकै सवैभन्दा उच्च रहेको छ । 
कार्यालयको तथ्याकं अनुसार आर्थिक वर्ष ०६७÷०६८ मा १ हजार ३ सय ६२ सवारी कार्वाहीबाट १ लाख ४० हजार २ सय २५, आव ०६८÷०६९ मा २ हजार १ सय ८७ सवारी कार्वाहीबाट २ लाख ६१ हजार ४ सय ५०, आव ०६९÷०७० मा ३ हजार २ सय ८८ सवारी कार्वाहीबाट ५ लाख २९ हजार ९ सय, आव ०७१÷०७२ मा १५ हजार १ सय ९२ सवारी कार्वाहीबाट ५४ लाख ३४ हजार ९ सय राजश्व संकलन गरिएको थियो । 


,

0 comments

Write Down Your Responses