सिन्धुलीमा ट्रेड युनियनको निर्वाचन सम्पन्न
एमाले निकट कर्मचारी संगठन विजयी
राजन परियार
सिन्धुली १९, जेष्ठ । सिन्धुलीमा आज सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठन ८१ मत अन्तरले पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।
जस अन्तर्गत नेपाल निजामती कर्मचारी संगठनले २२६, नेपाल निजामती कर्मचारी युनियन(संघ)ले १२५, नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ३७, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ३०, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ५ र राष्ट्रिय कर्मचारी संगठनले ० मत प्राप्त गर्न सफल भएका छन् ।
कूल ४ सय ८८ मतदाता रहेको निर्वाचनमा ४ सय ४८ मत खसेको निर्वाचन तथा मतदान अधिकृत कृष्ण प्रसाल वरालले जनाकारी दिए । उनका अनुसार ५ मत बदर भएको थियो भने ५५ मत खसेन ।
साँझ करिव ६ बजेदेखि मतगणना शुरु भएपनि करिव साढे ७ बजे मतगणना कार्य सम्पन्न भएको हो । मतगणना कार्य सकिए लगत्तै मतपरिणाम काठमाण्डौ पठाइ सकिएको र बाँकी रहेका मतपत्र, निर्वाचनमा प्रयोग भएका मतपत्र र अर्धकट्टीहरु हाललाई शिल छाप गरी सुरक्षितका साथ राखिएको र यथासिघ्र प्रमुख निर्वाचन अधिकृतको कार्यालय सिंहदरबार काठमाण्डौंमा पठाइने अधिकृत वरालले बताए ।

पहिलो हुनेले अध्यक्ष र कोषाध्यक्ष पद पाउछ भने दोस्रो र तेस्रो हुनेले क्रमश उपाध्यक्ष, महासचिव सचिव लगायतका पद पाउने निर्विाचन अधिकृत बरालले बताउनुभयो । निजामती सेवा ऐन दोस्रो संशोधन ०६४ ले निजामती सेवाका कर्मचारीहरुलाई ट्रेड युनियन खोल्ने अधिकार दिएको छ ।

यसैवीच नेपाल निजमती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष फडिन्द्र ढुङ्गानाले निर्वाचनमा सबैको जित भएको बताए । उनले संगठनलाइ विजय गराउन, निर्वाचन शान्त र सभ्य एवम् सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण कर्मचारी संघ संगठनका साथै सम्पुर्ण शुभेच्छुक शुभचिन्तकहरुमा धन्यवाद ज्ञापन गरे ।
साथै कर्मचारीहरुको हकअधिकार प्रति सधै लागी परिरहने र जनताको सेवा प्रति सधै दृढ भएर लागी परिरहने समेत ढुङ्गानाल वताए ।
0 comments
Write Down Your Responses