Powered by Blogger.
सिन्धुलीको महादेवडाडाँमा किविको व्यवसायीक उत्पादन सुरु(फाेटाेफिचर सहित)

बुद्धकुमार आछामी
सिन्धुली(महादेवडाँडा) १७ असार । जिल्लाको पुर्वी महादेवडाँडा गाविसमा किविको व्यवसायिक उत्पादन सुरु भएको छ । 
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षमा समेत निर्वाचित बनेका नेकपा(एमाले)का नेता महादेवडाँडा–४ दमारका रामकुमार कार्कीले किवि फलको व्यवसायीक उत्पादन सुरु गरेका हुन । 
उनले २०६९ सालदेखी दमारको झण्डै ३ विद्या जमिनमा १५ सय भन्दा बढी किविको विरुवाहरु रोपेर ब्यवसायीक उत्पादन सुरु गरेका हुन । गत वर्षबाट नै उनको वगैचामा किविको उत्पादन सुरु भईसकेको छ । 
कार्कीले किविको फल मात्र हैन विरुवा समेत उत्पादन गर्ने गरेका छन । गत साल ५ क्वीन्टल किवि वेचेका उनले यस वर्ष भने राम्रो उत्पादन भएकाले राम्रो कमाई हुने विश्वास व्यक्त गरे । 
कार्कीले यस वर्ष किविका १ हजार भन्दा बढी विरुवा उत्पादन र विक्री गरेको बताए । ‘विरुवाको माग अधिक रहेकोले विरुवा उत्पादन सुरु गरेको हुँ,’ उनले भने, ‘किविको विरुवा प्रतिगोटा ३ सयदेखि ३५० रुपैयाँमा बिक्रि हुन्छ ।’ उनको किवि खेतिबाट प्रभावित बनेर जिल्लाका अन्य गाविसका किसानहरुले समेत किविको व्यवसायीक खेति सुरु गरीसकेका छन । 
कार्कीले व्यवसायीक रुपमा किवि खेतीका साथै विभिन्न नगदेबाली र जडिबुटीको खेती सुरु गरेका हुन । उनको बगैचामा करिव १५ सय बोट किवि छन । किवि बाहेक स्याउ, ग्राउन एप्पल, बोझो लगायतको व्यवसायीक उत्पादन समेत गरेका छन । 
महादेवडाडाँ गाविसकै अन्य किसान र तोश्रामखोला, रतनचुरा लगायत गाविसका किसानले पनि व्यवसायीक रुपमै खेति सुरु गरीसकेको कार्कीले बताए । 
किविलाई बहुउपयोगी फल मानिन्छ । किविका विभिन्न ७६ प्रजाति छन । एक हजार २ सयदेखि माथिको उचाइमा यसको राम्रो खेति हुने गर्दछ । यसको फलको बजार मूल्य प्रतिकिलो ५ सयदेखि १२ सय रुपैयाँसम्म पर्छ । विभिन्न १२ प्रकारका फलको स्वाद एकै फलमा पाइने किविको विरुवा पुस महिनामा रोपिन्छ । यसको फल कात्तिकदेखि मंसिर महिनासम्म पाक्छ । रोपेको ३ वर्षबाट उत्पादन दिन सुरु गर्ने सो बिरुवाले लगातार ५० वर्षम्म राम्रो उत्पादन दिने बताइएको छ । 
चीनबाट पहिलो उत्पादन सुरु भएको किविको अहिले विश्वका विभिन्न देशमा व्यवसायीक रुपमा खेति गर्न लागिएको छ । विभिन्न खालका भिटामीन पाइने किवि फलमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’ र केरामा भन्दा पनि बढी भिटामीन ‘ई’ पाइन्छ । 


, ,

0 comments

Write Down Your Responses